गगनलाई रेशमको प्रश्न- गणतन्त्रसँग धर्म किन साटियो ? « Khabarhub

गगनलाई रेशमको प्रश्न- गणतन्त्रसँग धर्म किन साटियो ?


१८ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका संस्थापक अध्यक्ष रेशम चौधरीले गगन थापालाई गणतन्त्रसँग धर्म किन साटियो भनेर प्रश्न गरेका छन् । आज नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा शुभकामना मन्तव्य राख्दै उनले सो प्रश्न गरेका हुन् ।

‘गगन जी आन्दोलनमा हामीले पनि लाठी खायौँ, पानीका बौछार खायौँ, त्यहाँ एउटा अनौठो संयोग छुट्न गयो, १९ दिने आन्दोलनमा गणतन्त्र ल्यायौँ, नेपाली कांग्रेस जिन्दावाद, हाम्रो नेपाल जिन्दावाद, गणतन्त्र नेपाल जिन्दावाद तर, त्यो १९ दिने आन्दोलनमा गणतन्त्रसँगै मेरो धर्म किन साटियो गगन जी ?’, चौधरीले प्रश्न गरे ।

उनले आफूहरूको पहिचानसँग कुनै कुराको साटफेर गर्न नपाइने पनि बताए । 

त्यस्तै, चौधरीले संविधानमा अधिकार लेखिए पनि आफूहरूले अधिकार कहिले पाउने हो भनेर पनि प्रश्न गरे ।

‘संविधानमा सबै अधिकार त लेखिए, सबका अधिकार लेखिए अधिकार त लेखिए तर, दिएनन् गगन जी’, उनले भने, ‘तर हामीले अधिकार कहिले पाउने गगन जी ?, नेपालको संविधानमा ६.७ प्रतिशत लेखिएको थारु सत्ताको कुर्चीमा कहिले पुग्ने ? हाम्रा थारु सेनापति कहिले हुने ?, प्रधानन्यायाधीश कहिले हुने ? हाम्रा थारु मुख्यसचिव कहिले हुने ?’

प्रकाशित मिति : १८ आश्विन २०८३, आइतबार  ४ : २५ बजे

बदलिएको कांग्रेसले देश पनि बदल्छ : गगन थापा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बदलिएको कांग्रेसले देश पनि

मौरीपालक किसानका लागि बीमा कम्पनीको सर्तमा समस्या

चितवन– कालिका नगरपालिका-६ निवासी जगबहादुर पुन मौरीको बीमा गर्न तयार

देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाका

म्युजिकल चियरजस्तो राजनीतिले जनतामा वितृष्णा बढायो : सभापति गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सत्ता र नेतृत्वमा

पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली जनताको नजरमा