काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले हाम्रो जस्तो देशमा धेरै पार्टी आवश्यक नभएको बताएका छन् । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
भारत र चीनजस्ता ठुला देशसँग प्रतिस्पर्धा गर्नुपर्ने छिमेकी देश नेपालमा धेरै पार्टी हुँदा राजनीतिक अस्थिरता भएको भन्दै उनले यस्तो बताएका हुन् ।
अहिले बहुमत ल्याएको पार्टीले संघीय ढाँचा र कार्यकारी राष्ट्रपतिको विषयमा सोच्नुपर्ने भन्दै उनले यो सवाललाई गम्भीर रुपले लिनुपर्नेमा जोड दिए ।
बाबुरामले कांग्रेसको नेतृत्व गगन थापाले गरेको र पार्टीलाई मिलाएर लाने विश्वास गर्दै महाधिवेशन सफल हुने विश्वास व्यक्त गरेका छन् ।














प्रतिक्रिया