मैले गगनजीलाई भन्ने गर्थेँ कुनैदिन तपाईंले देशको नेतृत्व गर्ने अवस्था आउनसक्छ : प्रचण्ड « Khabarhub

मैले गगनजीलाई भन्ने गर्थेँ कुनैदिन तपाईंले देशको नेतृत्व गर्ने अवस्था आउनसक्छ : प्रचण्ड


१८ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आफूले विगतमा नेपाली कांग्रेसका सभापति गगन थापालाई देशको नेतृत्व गर्ने अवस्था आउन सक्ने भनेको बताएका छन् ।

आइतबार नेपाली कांग्रेसको महाधिवेशनलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले विगतमा एउटै क्याबिनेटमा गगन थापासँग सहकार्य गरेको स्मरण गर्दै यस्तो बताएका हुन् ।

‘गगनजीलाई मैले त्यतिबेलै भन्थेँ अन्ततः यो देशको एकदिन नेतृत्व गर्ने अवस्था आउन सक्छ भन्थेँ आज आएको देख्छु’, उनले भने, ‘निकै ठूलो जिम्मेवारी, नेपाली एउटा एतिहासिक लोकतान्त्रिक पार्टी हुनुको नाताले अहिले देशको विषम परिस्थितिमा एउटा क्रमभंगसहित तपाईंले नेपाली कांग्रेसलाई नयाँ बनाउने जमर्को गरेको कारणले पनि मैले भन्थे सबै नेपाली कांग्रेसका नेता तथा कार्यकर्तालाई एकीकृत गरेर केन्द्रीकृत गरेर एउटा विशाल शक्ति निर्माण होस् ।’

प्रकाशित मिति : १८ आश्विन २०८३, आइतबार  ५ : ३५ बजे

हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छ : घिसिङ

काभ्रे – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हरित क्रान्तिलाई

२६ तस्बिरमा कांग्रेस महाधिवेशनमा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकका प्रश्न, असहमति

‘विचार, सङ्घर्ष र नेतृत्व’ पुस्तकले नेपालको राजनीतिक जीवनका पक्षलाई समेटेको छ’

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ‘आनन्दप्रसाद पोखरेलः  विचार, सङ्घर्ष र नेतृत्व’ पुस्तकले

‘कांग्रेस २.०’ ले महाधिवेशमा के गर्दैछ नयाँ ?

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा विगतभन्दा भिन्न, भड्किलो प्रचारमुक्त