म्युजिकल चियरजस्तो राजनीतिले जनतामा वितृष्णा बढायो : सभापति गगन थापा « Khabarhub

म्युजिकल चियरजस्तो राजनीतिले जनतामा वितृष्णा बढायो : सभापति गगन थापा


१८ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सत्ता र नेतृत्वमा एउटै अनुहार दोहोरिरहने ‘म्युजिकल चियर’ जस्तो राजनीतिक प्रवृत्तिले जनतामा तीव्र असन्तुष्टि बढाएको र त्यसकै परिणतिका रूपमा भदौ २३ र २४ गतेको परिस्थिति सिर्जना भएको बताएका छन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभापति थापाले प्रधानमन्त्री, मन्त्री र पार्टी नेतृत्वमा सधैँ उही व्यक्तिहरू दोहोरिँदा सबै दल र नेताहरू खराब हुन् भन्ने गलत सन्देश समाजमा गएको उल्लेख गरे।

“राजनीति म्युजिकल चियरजस्तो बनेको थियो। प्रधानमन्त्री बनेका फेरि बन्न मन लाग्ने, नेता बनेका फेरि बनिरहने, मन्त्री पनि बनिरहने र सत्ता नछोड्ने,” उनले भने, “यसले सबै पार्टी र नेता एउटै हुन्, सबै खराब हुन् भन्ने सन्देश गयो।”

सम्बोधनका क्रममा थापाले समाजका हरेक क्षेत्र र सामाजिक सञ्जालमा समेत अत्यधिक राजनीतिकरण (हाइपर पोलिटिक्स) बढेको टिप्पणी गरे। राजनीतिक दलहरूप्रतिको वितृष्णा र असन्तुष्टि भित्रभित्रै ‘भुसको आगो’ जस्तै सल्किँदै गएको र त्यसलाई समयमै बुझ्न नसक्दा सिंगो राजनीतिक प्रणाली नै प्रभावित भएको उनको भनाइ थियो।

तत्कालीन दुईतिहाइको सरकार र बदलिँदो जनभावनाबीच संवादहीनता कायम रहँदा अप्रत्याशित परिस्थिति सिर्जना भएको बताउँदै सभापति थापाले भने, “यहीँ हामीले बुझेनौँ, जसका कारण भदौ २३ र २४ आयो। त्यसबाट कांग्रेस र अन्य पार्टीका साथीहरू पनि प्रभावित भए।”

उक्त घटनाक्रमपछि कांग्रेसले स्थिति सम्हाल्न विशेष महाधिवेशनको बाटो रोजेको र त्यसपछिको निर्वाचनमा परिणाम अनुकूल नआए पनि पार्टीले हार-जितलाई स्वाभाविक रूपमा लिएको उनले बताए। १५औँ महाधिवेशन विगतका गम्भीर कमजोरीहरूको समीक्षा गर्दै कांग्रेसलाई नयाँ सोच, परिमार्जित व्यवहार र बदलियो कार्यशैलीका साथ अघि बढाउने ऐतिहासिक मोड भएको थापाको दाबी थियो।

प्रकाशित मिति : १८ आश्विन २०८३, आइतबार  ६ : ३७ बजे

दसैँअघि यातायात सञ्चालनयोग्य सडक बनाउन विपद् व्यवस्थापन समितिको निर्देशन

खोटाङ – जिल्ला विपद् व्यववस्थापन समिति खोटाङले दसैँअघि जिल्लाका सबै

ब्राजिलमा लुला र बोल्सोनारोबीच प्रतिस्पर्धा हुने राष्ट्रपतीय चुनावका लागि मतदान

काठमाडौं – ब्राजिलका जनता आइतबार राष्ट्रपति चयनका लागि भएको चुनावमा

हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छ : घिसिङ

काभ्रे – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हरित क्रान्तिलाई

२६ तस्बिरमा कांग्रेस महाधिवेशनमा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकका प्रश्न, असहमति