म्युजिकल चियरजस्तो राजनीतिले जनतामा वितृष्णा बढायो : सभापति गगन थापा « Khabarhub

म्युजिकल चियरजस्तो राजनीतिले जनतामा वितृष्णा बढायो : सभापति गगन थापा


१८ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सत्ता र नेतृत्वमा एउटै अनुहार दोहोरिरहने ‘म्युजिकल चियर’ जस्तो राजनीतिक प्रवृत्तिले जनतामा तीव्र असन्तुष्टि बढाएको र त्यसकै परिणतिका रूपमा भदौ २३ र २४ गतेको परिस्थिति सिर्जना भएको बताएका छन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभापति थापाले प्रधानमन्त्री, मन्त्री र पार्टी नेतृत्वमा सधैँ उही व्यक्तिहरू दोहोरिँदा सबै दल र नेताहरू खराब हुन् भन्ने गलत सन्देश समाजमा गएको उल्लेख गरे।

“राजनीति म्युजिकल चियरजस्तो बनेको थियो। प्रधानमन्त्री बनेका फेरि बन्न मन लाग्ने, नेता बनेका फेरि बनिरहने, मन्त्री पनि बनिरहने र सत्ता नछोड्ने,” उनले भने, “यसले सबै पार्टी र नेता एउटै हुन्, सबै खराब हुन् भन्ने सन्देश गयो।”

सम्बोधनका क्रममा थापाले समाजका हरेक क्षेत्र र सामाजिक सञ्जालमा समेत अत्यधिक राजनीतिकरण (हाइपर पोलिटिक्स) बढेको टिप्पणी गरे। राजनीतिक दलहरूप्रतिको वितृष्णा र असन्तुष्टि भित्रभित्रै ‘भुसको आगो’ जस्तै सल्किँदै गएको र त्यसलाई समयमै बुझ्न नसक्दा सिंगो राजनीतिक प्रणाली नै प्रभावित भएको उनको भनाइ थियो।

तत्कालीन दुईतिहाइको सरकार र बदलिँदो जनभावनाबीच संवादहीनता कायम रहँदा अप्रत्याशित परिस्थिति सिर्जना भएको बताउँदै सभापति थापाले भने, “यहीँ हामीले बुझेनौँ, जसका कारण भदौ २३ र २४ आयो। त्यसबाट कांग्रेस र अन्य पार्टीका साथीहरू पनि प्रभावित भए।”

उक्त घटनाक्रमपछि कांग्रेसले स्थिति सम्हाल्न विशेष महाधिवेशनको बाटो रोजेको र त्यसपछिको निर्वाचनमा परिणाम अनुकूल नआए पनि पार्टीले हार-जितलाई स्वाभाविक रूपमा लिएको उनले बताए। १५औँ महाधिवेशन विगतका गम्भीर कमजोरीहरूको समीक्षा गर्दै कांग्रेसलाई नयाँ सोच, परिमार्जित व्यवहार र बदलियो कार्यशैलीका साथ अघि बढाउने ऐतिहासिक मोड भएको थापाको दाबी थियो।

प्रकाशित मिति : १८ आश्विन २०८३, आइतबार  ६ : ३७ बजे

युक्रेनले स्टारलिङ्कको सेवा सर्त उल्लङ्घन गरेको मस्कको आरोप

काठमाडौँ– अमेरिकी प्रविधि उद्यमी एलन मस्कले युक्रेनी सेनाले स्टारलिङ्क स्याटेलाइट

असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोडको विद्युत निर्यात

काठमाडौँ– नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०८३–८४ को असोज

सुनको मूल्यमा ११ हजार ७०० रुपैयाँको गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ ।

बाढी पहिरो प्रभावित स्थानमा विद्युत आपूर्ति पूर्ववत्

म्याग्दी– गत महिनाको बाढी पहिरोबाट प्रभावित बनेको म्याग्दी जिल्लाका सबै

अध्ययन खर्च जुटाउन ‘पेन्टिङ’ गर्दै युवा

डडेल्धुरा– अमरगढी नगरपालिका–७ का १९ वर्षीय दीपक भट्टराई पढाइ खर्च