बंगलादेशमा डेंगु र दादुराको दोहोरो प्रकोप « Khabarhub

बंगलादेशमा डेंगु र दादुराको दोहोरो प्रकोप


१८ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- डेंगू र दादुराको दोहोरो प्रकोपका कारण बङ्गलादेशको स्वास्थ्य क्षेत्र गम्भीर सङ्कटतर्फ धकेलिएको छ। सन् २०२६ को सेप्टेम्बर महिना यस वर्षकै सबैभन्दा घातक बनेपछि अक्टोबरमा प्रवेश गर्दा देशभरका अस्पतालहरूको सेवा प्रवाह क्षमतामाथि ठूलो प्रश्नचिह्न खडा भएको छ।

स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार यस वर्षको जनवरीदेखि अहिलेसम्म कम्तीमा २४५ जनाको डेंगूबाट मृत्यु भइसकेको छ भने ७९,६२० भन्दा बढी मानिस अस्पताल भर्ना भएका छन्। सेप्टेम्बर महिनामा मात्रै १४८ जनाले ज्यान गुमाएका छन्, जुन अघिल्लो महिना अगस्टको ४३ र जुलाईको ३६ को तुलनामा निकै बढी हो। यसरी हेर्दा वर्षभरि डेंगूबाट भएका कुल मृत्युको करिब ६० प्रतिशत क्षति सेप्टेम्बर महिनामा मात्रै भएको देखिन्छ।

जहाँगीरनगर विश्वविद्यालयका कीटनाशक विशेषज्ञ कबीरुल बशरका अनुसार भर्खरै परेको पानी र मौसममा आएको परिवर्तनले गर्दा अक्टोबर महिनामा स्थिति अझै बिग्रिन सक्ने चेतावनी दिइएको छ। वर्षाका कारण लामखुट्टेको प्रजनन सहज बनेकाले डेंगू सङ्क्रमणको दर केही समय निरन्तर रहने र यसले अस्पताल तथा बिरामीका परिवारहरूमाथि थप दबाब सिर्जना गर्ने उनको भनाइ छ। पछिल्लो २४ घण्टामा मात्रै ६ जनाको मृत्यु भएको छ भने १,९४८ जना नयाँ बिरामी अस्पताल भर्ना भएका छन्।

यसैबीच, बङ्गलादेशले डेंगूका साथसाथै दादुराको ठूलो महामारीको पनि सामना गरिरहेको छ। गत मार्च १५ यता १ लाख ९० हजारभन्दा बढी शंकास्पद बिरामीमध्ये २१,५२२० जनामा दादुरा पुष्टि भइसकेको छ। एउटै समयमा दुईवटा रोगको प्रकोप फैलिँदा अस्पतालका शय्या, स्वास्थ्यकर्मी, परीक्षण उपकरण र औषधि आपूर्तिमा व्यापक कमी आएको छ।

रोगको प्रकोपले स्वास्थ्य क्षेत्रलाई मात्र नभई आम नागरिकको आर्थिक अवस्थालाई पनि कमजोर बनाएको छ। परीक्षण, उपचार र यातायातमा हुने खर्चका साथै बिरामी र तिनका कुरुवाको काम छुट्दा विशेष गरी दैनिक ज्यालादारीमा काम गर्ने परिवारहरू आर्थिक सङ्कटमा परेका छन्।

चिकित्सकका अनुसार केवल कीटनाशक औषधि छर्केर मात्रै यो समस्या समाधान हुँदैन, पानी जम्ने ठाउँहरू र लामखुट्टेको प्रजननस्थल नष्ट गर्न स्थानीय निकाय, व्यवसायी र सर्वसाधारण सबैको हातेमालो आवश्यक छ। बङ्गलादेशका लागि अबको मुख्य चुनौती भनेको बालबालिकाको नियमित खोप सेवालाई प्रभावित हुन नदिई डेंगूको उपचार र रोकथामलाई तीव्र गतिमा अघि बढाउनु नै हो।

प्रकाशित मिति : १८ आश्विन २०८३, आइतबार  ४ : ३३ बजे

 सभामुखसँग अमेरिकी कावा राजदूत शिष्टाचार भेट

काठमाडौँ– सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन

सडकमै नयाँ नोटको व्यापार (तस्बिरहरू)

काठमाडौँ– रत्नपार्कस्थित फुटपाथमा दसैँका लागि सर्वसाधारण नोट साटिरहेका छन् ।

उपराष्ट्रपति यादवसँग प्रधान सेनापति सिग्देलको शिष्टाचार भेट

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग प्रधान सेनापति अशोकराज सिग्देलले शिष्टाचार भेट

पाकिस्तानी लेजेन्ड मिस्बाह-उल-हक सुदूरपश्चिम रोयल्सको प्रशिक्षक

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल टिम सुदूरपश्चिम रोयल्सले पाकिस्तानी लेजेन्ड

सरकारी सफ्टवेयर प्रणाली सुधारका लागि प्राविधिक विज्ञ माग, कात्तिक १८ सम्म आवेदन दिन सकिने

काठमाडौँ – नेपाल सरकारका निकायहरूका लागि आवश्यक सफ्टवेयर प्रणालीको विकास,