काठमाडौँ– भारतीय विदेश सचिव विक्रम मिश्री दुईदिने भ्रमणका लागि आज काठमाडौँ आउँदै छन् । परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा मिश्री नेपाल आउन लागेका हुन् ।
परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा परराष्ट्र सचिव राई र भारतीय विदेश सचिव मिश्रीबीच द्विपक्षीय छलफल हुनेछ । यस्तै, प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका एजेन्डा तय हुने पनि बुझिएको छ ।
नेपाल बसाइका क्रममा विदेश सचिव मिश्रीले नेपालका उच्चस्तरीय विशिष्ट व्यक्तित्वहरूसँग शिष्टाचार भेटघाटसमेत गर्नेछन् । विदेश सचिव मिश्री कात्तिक १९ गते स्वदेश फर्किने छन् ।














प्रतिक्रिया