यस वर्षको मनसुनजन्य विपद्मा १३३ जनाको मृत्यु, १४ जना बेपत्ता « Khabarhub

यस वर्षको मनसुनजन्य विपद्मा १३३ जनाको मृत्यु, १४ जना बेपत्ता


१८ कार्तिक २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  यस वर्षको मनसुन अवधिमा देशभर भएका विपद्जन्य घटनामा परी १३३ जनाको मृत्यु भएको छ भने १४ जना बेपत्ता भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भोटेकोशी बाढीको घटनाबाहेक मनसुनजन्य विपद्मा २२७ जना घाइते भएका छन् । यस्ता घटनाबाट तीन हजार ५३३ परिवार प्रत्यक्ष प्रभावित भएका छन् ।

प्राधिकरणका प्रवक्ता राम केसीले यस वर्षको मनसुन ११८ दिनसम्म कायम रहेको जानकारी दिए । उनका अनुसार मनसुन अवधिमा ७७ वटै जिल्ला विपद्बाट प्रभावित भएका थिए भने मानवीय क्षतिको आधारमा ४५ जिल्ला बढी प्रभावित भएका थिए ।

यस वर्ष मनसुन अवधिमा भोटेकोशी बाढी, असोज ७ देखि ११ गतेसम्मको वर्षापछिको बाढी, पहिरो तथा डुबान प्रमुख विपद्का घटनाका रूपमा रहेका छन् । बुढीगण्डकीमा आएको बाढीका कारण गोरखा जिल्ला पनि प्रभावित भएको थियो ।

गत वर्षको मनसुन अवधिमा विपद्जन्य घटनामा परी १४० जनाको मृत्यु भएको थियो भने ३० जना बेपत्ता र ३०० जना घाइते भएका थिए । उक्त अवधिमा पाँच हजार ९९५ परिवार प्रत्यक्ष प्रभावित भएका प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ ।

प्राधिकरणका अनुसार यस वर्ष समग्रमा औसत वर्षा भए पनि छोटो अवधिमा भएको भारी वर्षाका कारण विभिन्न क्षेत्रमा बाढी, पहिरो र डुबानका घटना भएका थिए ।

प्रकाशित मिति : १८ कार्तिक २०८३, बुधबार  ५ : ०४ बजे

‘कोप-३१ मा नेपालको अर्थपूर्ण सहभागिता अपरिहार्य’

प्रधानमन्त्रीले कोप-३१ सम्मेलनमा सहभागिता नजनाउने हुनुभएको छ । सामान्यतया राष्ट्रसंघीय

खरिद प्रक्रियाबारेका समाचार भ्रमपूर्ण : नेपाल टेलिकम 

कााठमाडौँ– नेपाल टेलिकमले आफ्नो खरिद प्रक्रियाबारे विभिन्न सञ्चारमाध्यममा प्रकाशित तथा

दर्ज्यानी चिह्न ग्रहणपछि आईजीपी केसीले गरे सरकारी गाडीको पूजा

काठमाडौं– नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोजकुमार केसी दर्ज्यानी चिह्न

पदयात्रा अनुमति उल्लङ्घन गर्ने ट्रेकिङ एजेन्सीलाई ५० हजार जरिवाना

काठमाडौँ – पदयात्रासम्बन्धी कानुन उल्लङ्घन गरी विदेशी पर्यटकलाई निषेधित क्षेत्रमा लैजान