जलविरे झरनामा कार खस्दा एक भारतीय नागरिकको मृत्यु « Khabarhub

जलविरे झरनामा कार खस्दा एक भारतीय नागरिकको मृत्यु


१८ कार्तिक २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित जलविरे झरनाको खोलामा कार खस्दा एक भारतीय नागरिकको मृत्यु भएको छ ।

बुधबार दिउँसो झरनाबाट फर्किने क्रममा डब्लुबी ०२ एपी ३४५८ नम्बरको भारतीय कार अनियन्त्रित भई खोलामा खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक (डीएसपी) चन्द्रभूषण यादवका अनुसार दुर्घटनामा एक पुरुषको घटनास्थलमै मृत्यु भएको हो ।

मृतकको साथबाट भारतको पश्चिम बङ्गालस्थित कालिम्पोङको ठेगाना उल्लेख भएको ४१ वर्षीय सायन्तन गायेन नामको राहदानी फेला परेको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानमा कारमा एक जना मात्रै सवार रहेको खुलेको छ । मृतकको पहिचान तथा दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८३, बुधबार  ५ : ३१ बजे

पदयात्रा अनुमति उल्लङ्घन गर्ने ट्रेकिङ एजेन्सीलाई ५० हजार जरिवाना

काठमाडौँ – पदयात्रासम्बन्धी कानुन उल्लङ्घन गरी विदेशी पर्यटकलाई निषेधित क्षेत्रमा लैजान

रक्षा मन्त्रालयको पहिलो त्रैमासिक खर्च २६ प्रतिशत

काठमाडौँ – रक्षा मन्त्रालय र नेपाली सेनाअन्तर्गत चालु आर्थिक वर्ष २०८३/८४

सरकारलाई कांग्रेसको चेतावनी : पार्टीको वैधानिकताका सवालमा जस्तोसुकै छानबिनका लागि तयार छौँ

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको वैधानिकताका सवालमा जस्तोसुकै छानबिनका लागि तयार

गृहमन्त्रीको निर्देशन- अपराध नियन्त्रणमा सक्रिय हुनू, आईजीपीको प्रतिबद्धता : ‘सुरक्षा र निष्पक्षतामा सम्झौता गर्दिनँ’

काठमाडौं– नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) मनोज केसीलाई दर्ज्यानी चिन्ह प्रदान