गृहमन्त्रीबाट नवनियुक्त प्रहरी महानिरीक्षक केसीलाई दर्ज्यानी चिह्न प्रदान « Khabarhub

गृहमन्त्रीबाट नवनियुक्त प्रहरी महानिरीक्षक केसीलाई दर्ज्यानी चिह्न प्रदान


१८ कार्तिक २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोजकुमार केसीलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।

गृह मन्त्रालयमा मङ्गलबार आयोजित कार्यक्रममा गृहमन्त्री गुरुङले प्रहरी महानिरीक्षक केसीलाई नियुक्तिपत्र हस्तान्तरण गर्नुका साथै दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

यसअघि प्रहरी महानिरीक्षकलाई गृहसचिवले दर्ज्यानी चिह्न प्रदान गर्ने प्रचलन थियो । यसपटक भने गृहमन्त्री स्वयंले दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) केसीलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो ।

विसं २०३२ साउन २८ गते नुवाकोटमा जन्मिएका केसीले कम्बोडियाबाट द्वन्द्व रूपान्तरण विषयमा विद्यावारिधि गरेका छन् । उनी विसं २०५४ चैत २८ गते प्रहरी निरीक्षकका रूपमा नेपाल प्रहरी सेवामा प्रवेश गरेका थिए ।

प्रकाशित मिति : १८ कार्तिक २०८३, बुधबार  ६ : १६ बजे

इजरायलको निर्वाचनमा धाँधली भएको छैन : आयोग

जेरुसेलम– इजरायलको निर्वाचन आयोगले गत साता सम्पन्न निर्वाचनमा धाँधली भएको कुनै

चाडपर्वमा विद्युत् आपूर्ति अवरुद्ध हुन नदिन ऊर्जामन्त्रीको निर्देशन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले तिहार तथा छठ

सङ्खुवासभा गोल्डकप फुटबल : काठमाडौँलाई हराउँदै सुनसरी फाइनलमा

सङ्खुवासभा– सङ्खुवासभाको खाँदबारी नगरपालिका–३ मानेभञ्याङमा सञ्चालन भइरहेको सङ्खुवासभा गोल्डकप फुटबल

बेनीमा चौथो बौद्ध कप फुटबल प्रतियोगिता, विजेतालाई २ लाख २२ हजार पुरस्कार

म्याग्दी – म्याग्दीको बेनीमा चौथो बौद्ध कप खुला फुटबल प्रतियोगिता