प्रचण्ड दिल्ली जानुअघि ओलीसँग भेटवार्ता, सम्भावित चुनावी तालमेलबारे छलफल « Khabarhub

प्रचण्ड दिल्ली जानुअघि ओलीसँग भेटवार्ता, सम्भावित चुनावी तालमेलबारे छलफल


२० पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठडमाडौं- दुई वाम घटक नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच फेरि संवाद हुन थालेको छ।

२०७७ फागुनमा नेकपा विघटित भएपछि एक नदीका दुई किनारा भएका एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच फेरि संवाद बाक्लिन थालेको हो ।

खासगरी भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनपछि बिलखबन्दमा परेका यी दुई दलबीच फागुन २१ को प्रतिनिधिसभा निर्वाचन र त्यसअघि माघ १२ गतेको राष्ट्रियसभा सदस्य निर्वाचनमा मिल्ने विकल्प खोजी हुन थालेको हो ।

भदौ २४ गतेसम्म सत्ता साझेदार रहेको नेपाली कांग्रेसभित्रको आन्तरिक कलह गहिरिँदै जाँदा एमालेसँगको समीकरण कायमै हुने सम्भावना कमजोर भएको छ।

कांग्रेसमा सभापति शेरबहादुर देउवा पक्ष तथा महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाहरूबीचको शक्ति संघर्षले विभाजनको रेखा कोरिएका बेला एमालेसँग सहकार्यको सम्भावना कमजोर भएको छ।

कांग्रेससँग चुनावी तालमेल या सत्ता सहकार्य कमजोर भइरहेका बेला एमालेले नेकपासँग सम्बन्ध सुधार्ने कोसिस थालेको हो । यो भेट पनि एमाले अध्यक्ष ओलीकै चहानाअनुसार भएको स्रोतले उल्लेख गरेको छ।

आइतबार ललितपुरको च्यासलस्थित एक वाम कार्यकर्ताको घरमा ओली र प्रचण्डबीच एक्ला एक्लै करिब आधा घण्टा लामो संवाद भएको हो ।

यो भेटमा समसामयिक राजनीति, माघ ११ को राष्ट्रिय सभा निर्वाचन र फागुन २१ को प्रतिनिधिसभा निर्वाचनबारे कुराकानी भएको बताइएको छ। प्रचण्डको सचिवालयले यसबारे अरू विस्तृत विवरण खुलाएको छैन ।

दुई नेताबीच माघ ११ गतेको राष्ट्रिय सभा निर्वाचनमा तालमेलको सम्भावनाबारे कुरा भएको छ। तर अझै पनि यी दुई दल सहमतिनजिक पुगेका छैनन् ।

प्रचण्ड आइतबार साँझ नै भारतको यात्रामा जाँदैछन् । भारत जानुअघि दुई नेताबीच भएको यो भेटलाई राजनीतिक कोणमा अर्थपूर्ण मानिएको छ ।

भारतको राजधानी नयाँ दिल्लीमा हुन लागेको पार्टीको एकता सन्देश सभालाई सम्बोधनका लागि प्रचण्ड भारत जाने कार्यक्रम छ । जहाँ उनले भारतीय संस्थापनसँग राजनीतिक भेटघाटको पनि कोसिस गर्नेछन् ।

२०८१ असार १७ गते एमाले अध्यक्ष ओलीले माओवादीसँगको गठबन्धन तोडेर नेपाली कांग्रेससँग मिलेदेखि यी दुई नेताको सम्बन्ध बिग्रिएको छ । तर अब जेन-जी आन्दोलनले संकटमा पारेपछि उनीहरू मिल्ने दिशातिर संवादमा बसेका हुन् ।

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  १ : १२ बजे

कर्णालीको विकास प्राथमिकता बुझ्न मन्त्री लम्साल स्थलगत अनुगमनमा

कर्णाली– पूर्वाधार विकासमन्त्री सुनिल लम्साल कर्णाली प्रदेशको सडक सञ्जाल एवं

क्यानाडामाथि ट्रम्पको कडा कदम, ५० प्रतिशत कर थप्ने घोषणा

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाली वस्तुमा ५० प्रतिशतसम्म

अतिक्रमित वनक्षेत्रको संरचना हटाइयो

जनकपुरधाम– डिभिजन वन कार्यालय लहान सिरहाले जिल्लाको विभिन्न वन क्षेत्रमा

हेटौँडामा नगर ‘ई लाइब्रेरी’ सञ्चालनमा ल्याइने

बागमती– हेटौँडा उपमहानगरपालिकाले नगर ‘ई लाइब्रेरी’ सञ्चालनमा ल्याउने भएको छ

विश्वकप विजेता स्पेन स्वदेश फर्कियो, म्याड्रिडमा भव्य स्वागत

म्याड्रिड – विश्वकप फुटबलको उपाधि जितेर स्वदेश फर्किएको स्पेनिस राष्ट्रिय