रास्वपाको दोस्रो महामन्त्री पद कुलमानलाई होइन बालेन पक्षलाई ! « Khabarhub

रास्वपाको दोस्रो महामन्त्री पद कुलमानलाई होइन बालेन पक्षलाई !


२० पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


549
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको आइतबार बसेको केन्द्रीय कमिटी बैठकले चारजना नयाँ पदाधिकारी थप्ने निर्णय गरेको छ।

थपिएका चार पदाधिकारीमा उपसभापति, महामन्त्री, सहमहामन्त्री र सहप्रवक्ता एकएकजना रहेका छन् ।

थपिएकामध्ये महामन्त्री पद काठमाडौं महानगरपालिकाका मेयर बालेन साह पक्षका नेतालाई दिने तयारी सभापति रवि लामिछानेले गरेका छन् ।

उपसभापति पदमा यसअगाडि नै उज्यालो नेपाललाई गाभेका कुलमान घिसिङलाई ल्याउने सहमति भइसकेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका एकजना सचिवालय सदस्यका अनुसार बालेनपक्षका नेतालाई महामन्त्री दिएर सह-ममन्त्री र सह-प्रवक्ताको जिम्मेवारी कुलमान पक्षलाई दिने तयारी गरिएको छ ।

तर उज्यालो नेपालका नेताहरू भने महामन्त्री पद आफ्नो भागमा परेकाले त्यहीअनुसार पाउने दाबी गरिरहेका छन्।

‘महामन्त्री बालेन पक्षका नेताहरू आउनुहुन्छ । सह-ममन्त्री र प्रवक्तामा उज्यालो नेपालका साथीहरू आउनुहुन्छ’, रास्वपाका ती नेताले भने, ‘उज्यालो नेपालका साथीहरूले पनि महामन्त्रीमा दाबी गर्नुभएको छ । तर उहाँलाई सह-ममन्त्री र सह-प्रवक्ता मात्रै दिइने तयारी भएको छ ।’

यता कुलमान पक्षले भने आफूहरूले महामन्त्री पाउनुपर्ने अडान राखेको छ। कुलमान स्वयम्ले भने सह-ममन्त्री र सह-प्रवक्तामा चित्त बुझाएको नेताहरू बताउँछन्।

‘उहाँनिकट नेताहरूले महामन्त्रीमा दाबी गर्नुभएको होला, तर कुलमान आफैंले सह-प्रवक्ता र सह-ममन्त्रीमा चित्त बुझाउनुभएको छ’, ती नेता अगाडि भन्छन, ‘बालेन पक्षका नेतालाई पनि जिम्मेवारीमा समेट्नुपर्‍यो नि ।’

स्रोतका अनुसार महामन्त्री पद टुङ्ग्याउने विषयमा बालेन र कुलमान लगायतका नेताहरू अहिले ज्वागलमा अनौपचारिक छलफल गरिरहेका छन्।

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  ६ : ०६ बजे

कांग्रेसको देउवा समूहले गगनलाई सभापति स्वीकारेन, आइतबार सर्वोच्च जाने 

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले गगन थापालाई पार्टी सभापतिको

झापा–५ मा ओलीसँग बालेन भिड्न कस्सिँदा नेकपाले रञ्जितलाई अघि सर्‍याे 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी फागुन २१ मा

कांग्रेसको कमान्ड गगनले लिएपछि दुई कम्युनिस्ट संवादमा, चुनाव सार्ने विषयमा कुराकानी 

काठमाडौं– निर्वाचन आयोगले नेपाली कांग्रेसको अधिकारिकता गगन थापालाई दिएसँगै दुई

एमाले सचिवालय बैठक बस्दै, प्रतिनिधिसभामा उम्मेदवार टुंगो लगाउने

काठमाडौं– नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो

कांग्रेस सभापति गगन थापालाई सुजाताको शुभकामना, भन्छिन्– परिवर्तनलाई स्वीकार्नुपर्छ

काठमाडौं– नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित