रास्वपाको दोस्रो महामन्त्री पद कुलमानलाई होइन बालेन पक्षलाई ! « Khabarhub

रास्वपाको दोस्रो महामन्त्री पद कुलमानलाई होइन बालेन पक्षलाई !


२० पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


549
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको आइतबार बसेको केन्द्रीय कमिटी बैठकले चारजना नयाँ पदाधिकारी थप्ने निर्णय गरेको छ।

थपिएका चार पदाधिकारीमा उपसभापति, महामन्त्री, सहमहामन्त्री र सहप्रवक्ता एकएकजना रहेका छन् ।

थपिएकामध्ये महामन्त्री पद काठमाडौं महानगरपालिकाका मेयर बालेन साह पक्षका नेतालाई दिने तयारी सभापति रवि लामिछानेले गरेका छन् ।

उपसभापति पदमा यसअगाडि नै उज्यालो नेपाललाई गाभेका कुलमान घिसिङलाई ल्याउने सहमति भइसकेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका एकजना सचिवालय सदस्यका अनुसार बालेनपक्षका नेतालाई महामन्त्री दिएर सह-ममन्त्री र सह-प्रवक्ताको जिम्मेवारी कुलमान पक्षलाई दिने तयारी गरिएको छ ।

तर उज्यालो नेपालका नेताहरू भने महामन्त्री पद आफ्नो भागमा परेकाले त्यहीअनुसार पाउने दाबी गरिरहेका छन्।

‘महामन्त्री बालेन पक्षका नेताहरू आउनुहुन्छ । सह-ममन्त्री र प्रवक्तामा उज्यालो नेपालका साथीहरू आउनुहुन्छ’, रास्वपाका ती नेताले भने, ‘उज्यालो नेपालका साथीहरूले पनि महामन्त्रीमा दाबी गर्नुभएको छ । तर उहाँलाई सह-ममन्त्री र सह-प्रवक्ता मात्रै दिइने तयारी भएको छ ।’

यता कुलमान पक्षले भने आफूहरूले महामन्त्री पाउनुपर्ने अडान राखेको छ। कुलमान स्वयम्ले भने सह-ममन्त्री र सह-प्रवक्तामा चित्त बुझाएको नेताहरू बताउँछन्।

‘उहाँनिकट नेताहरूले महामन्त्रीमा दाबी गर्नुभएको होला, तर कुलमान आफैंले सह-प्रवक्ता र सह-ममन्त्रीमा चित्त बुझाउनुभएको छ’, ती नेता अगाडि भन्छन, ‘बालेन पक्षका नेतालाई पनि जिम्मेवारीमा समेट्नुपर्‍यो नि ।’

स्रोतका अनुसार महामन्त्री पद टुङ्ग्याउने विषयमा बालेन र कुलमान लगायतका नेताहरू अहिले ज्वागलमा अनौपचारिक छलफल गरिरहेका छन्।

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  ६ : ०६ बजे

बैतडीमा आँफैले भरेको भरुवा बन्दुक पड्किँदा वडा सदस्यको मृत्यु

धनगढी – बैतडीको सुर्नया गाउँपालिका–२ का वडा सदस्य दान बहादुर

तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ

काठमाडौं – केन्द्रीय अनुसन्धान ब्यूरोले तत्कालीन किष्ट बैङ्क घोटाला प्रकरणमा

नेपाली सेनाको ९६ जना सैनिकलाई दर्ज्यानी चिह्न प्रदान

भक्तपुर – भक्तपुरको सूर्यविनायकस्थित रणशेर गण सूर्यविनायक ब्यारेकमा आज नौ

पश्चिम नवलपरासीमा व्यावसायिक मेवाखेती सुरु

नवलपरासी – बर्दघाट सुस्ता पश्चिम नवलपरासीमा अर्ग्यानिक मेवाखेतीबाट प्रशस्त आम्दानी

आईपीएल : आरसीबीविरुद्ध गुजरातको शानदार सुरुवात

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत ३४औँ खेलमा