भारतमा उत्पादन गतिविधि बढ्यो, पीएमआई सूचक बलियो « Khabarhub

भारतमा उत्पादन गतिविधि बढ्यो, पीएमआई सूचक बलियो


२१ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जनवरी महिनामा भारतको औद्योगिक उत्पादन गतिविधि बढेको पाइएको छ । जनवरीमा भारतको एचएसबीसी म्यानुफ्याक्चरिङ पर्चेजिङ म्यानेजर्स इन्डेक्स (पीएमआई) सूचक ५५.४ पुगेको छ ।

एसएण्डपी ग्लोबलले यस्तो सूचक निकाल्दै आएको छ । गत डिसेम्बर महिनामा भने यो सूचक ५५.० रहेको थियो, जुन दुई वर्षयताकै न्यून हो ।

जनवरी महिनामा पीएमआई सूचक ५६.८ मा कायम रहने प्रारम्भीक अपेक्षा थियो । यद्यपि अपेक्षाअनुसार सूचकमा भने कमी आएको देखिएको छ ।

सन् २०२१ यता भारतको पीएमआई सूचक ५० भन्दा माथि रहँदै आएको छ । यस सूचक ५० भन्दा माथि भए उत्पादनमा वृद्धि भएको र त्यसभन्दा तल भए संकुचन आएको बुझिन्छ ।

आन्तरिक मागका कारण सूचक बलियो देखिएको समाचार संस्था रोयटर्सले जनाएको छ । यद्यपि निर्यातजन्य मागमा भने अपेक्षाअनुसार वृद्धि हुन नसकेको जनाइएको छ ।

प्रकाशित मिति : २१ माघ २०८२, बुधबार  १ : ४० बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको