बलुचिस्तानमा एक महिनामा ८७ जनाको हत्या, २३४ जना बेपत्ता « Khabarhub

बलुचिस्तानमा एक महिनामा ८७ जनाको हत्या, २३४ जना बेपत्ता


२१ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बलुचिस्तान मानवअधिकार परिषदले फेब्रुअरी २०२६ को मासिक प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदनका अनुसार सो महिनामा २३४ जनालाई जबरजस्ती बेपत्ता पारिएको छ । सोही अवधिमा ८७ जनाको हत्या भएको पुष्टि गरिएको छ ।

विद्रोहीहरूको ठुलो आक्रमणपछि मानवअधिकार उल्लंघनका घटनाहरू तीव्र रूपमा बढ्ने गरेको परिषद्ले चेतावनी दिएको छ। यस्ता कृत्यहरू अभूतपूर्व क्रूरता र दण्डहीनताका साथ भइरहेको प्रतिवेदनमा उल्लेख छ ।

बेपत्ता पारिएकाहरूमा एक महिला र नौ जना किशोरहरू रहेका छन् । पीडितमध्ये २३३ जना पुरुष छन् । बेपत्ता भएकामध्ये हालसम्म ३७ जना मात्रै सम्पर्कमा आएका छन्।

अधिकांश व्यक्तिहरू अझै अज्ञात अवस्थामा छन्। बलुचिस्तानमा जबरजस्ती बेपत्ता पार्ने र गैरन्यायिक हत्या गर्ने कार्य दैनिक नियति बनेको अधिकारवादी समूहले जनाएको छ।

गत जनवरी ३१ मा बलुच लिबरेसन आर्मी (बीएलए) ले एक दर्जनभन्दा बढी सहरहरूमा समन्वयात्मक आक्रमण गरेको थियो। त्यसपछिको सुरक्षा कारबाहीका कारण मानवअधिकार उल्लंघनका घटना थप बढेका हुन्।

सुरक्षा अपरेसन एक हप्तासम्म चलेको थियो। सो समयमा सञ्चार सञ्जालहरू बन्द गरिएका थिए। नुस्की जस्ता सहरहरूमा कफ्र्यु लगाइएको थियो। राज्यका सुरक्षा बलले नागरिक बस्तीहरूमा अन्धाधुन्ध गोली प्रहार र भारी गोलाबारी गरेका थिए। यसबाट धेरैको मृत्यु र धेरै घाइते भएको प्रतिवेदनमा उल्लेख छ।

पाकिस्तानी सेनाले सो अवधिमा व्यापक छापा मार्ने र थुन्ने काम गरेको आरोप लगाइएको छ। सुरक्षा बलले घरघरमा खानतलासी गर्ने, घरहरू भत्काउने र बहुमूल्य सामान लुट्ने कार्य गरेका छन्। महिला र बालबालिकाहरूमाथि कुटपिट र दुर्व्यवहार गरिएको छ। स्थानीय ‘डेथ स्क्वाड’ सँग मिलेर सामूहिक रूपमा मानिसहरूलाई हिरासतमा लिने र बेपत्ता पार्ने काम भएको छ। यी समूहहरूलाई राज्यले नै पूर्ण सहयोग र परिचालन गरेको दाबी गरिएको छ।

प्रकाशित मिति : २१ चैत्र २०८२, शनिबार  २ : २२ बजे

राजीनामाको दबाबबीच रविलाई भेट्न बूढानीलकण्ठमा गृहमन्त्री सुधन

काठमाडौं- एकपछि अर्को विवादमा परेपछि राजीनामाको दबाबबीच गृहमन्त्री सुधन गुरूङ

उपराष्ट्रपति भान्स बुधबार मात्रै इस्लामावाद पुग्ने, इरानी सहभागिता अझै अनिश्चित

काठमाडौं- इरानसँग दोस्रो चरणको शान्ति वार्ताका लागि अमेरिकी उपराष्ट्रपति जेडी

पहाडकी रानी बन्दीपुर पर्यटनको आकर्षक गन्तव्य

गण्डकी– प्राचीन समयमा व्यापारिक नाकाका रुपमा पहिचान बनाएको बन्दीपुर अहिले

सरकारलाई हर्कको सुझाव- विद्यार्थीलाई सातामा ३ दिन किताब र ४ दिन श्रम सिकाऔँ

काठमाडौं–  श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकारलाई ३३ बुँदे

लक्सनले जोगाए नेतृत्व, चुनौती अझै कायम

एजेन्सी– लगातार घट्दो जनसमर्थन र पार्टीभित्र बढ्दो असन्तुष्टिबीच न्युजिल्यान्डका प्रधानमन्त्री