पाकिस्तानमा इसाई किशोरीको धर्म परिवर्तन र विवाहलाई सदर गर्ने अदालतको फैसलाविरुद्ध प्रदर्शन « Khabarhub

पाकिस्तानमा इसाई किशोरीको धर्म परिवर्तन र विवाहलाई सदर गर्ने अदालतको फैसलाविरुद्ध प्रदर्शन


२१ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानको कराँचीमा एक जना इसाई किशोरीको जबरजस्ती धर्म परिवर्तन र विवाहलाई सदर गर्ने संघीय अदालतको फैसलाको कडा विरोध भएको छ । कराँची प्रेस क्लब बाहिर ठुलो संख्यामा क्रिस्चियन समुदायका मानिसहरू भेला भएर प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीहरूले नाबालिक बालबालिकाको सुरक्षा र जबरजस्ती धर्म परिवर्तनविरुद्ध कडा कानुनको माग गर्दै नाराबाजी गरेका थिए । ३० वर्षीय मुस्लिम पुरुषले १३ वर्षीया मारिया शाहबाजलाई साथमा राख्न पाउने संघीय संवैधानिक अदालतको आदेशपछि प्रदर्शन गरिएको हो ।

विरोध र्‍यालीका वक्ताहरूले क्रिस्चियन बालिकाहरूको अपहरण र जबरजस्ती विवाहको बढ्दो क्रमप्रति चिन्ता व्यक्त गरेका थिए । उनीहरूले राष्ट्रपति र प्रधानमन्त्रीलाई यस विषयमा तत्काल ध्यान दिन आग्रह गरेका छन् । मानवअधिकारकर्मी गजाला शफिकले अदालतको फैसलाले देशको बाल विवाह विरुद्धको कानुनलाई कुल्चिएको बताइन् । कानुनी रूपमा पहिचान पत्र समेत बनाउन नसक्ने नाबालिकले धर्म वा विवाहको निर्णय कसरी लिन सक्छन् भन्दै उनले प्रश्न गरिन् ।

बालिकाहरूले १८ वर्ष मुनिको विवाह रोक्ने कानुन कार्यान्वयन गर्न माग गर्दै प्लेकार्ड बोकेका थिए। कानुनी सुधार र न्यायिक पुनरावलोकन बिना युवा बालिकाहरू सधैं जोखिममा रहने प्रदर्शनकारीको भनाइ छ । उनीहरूले सबै धार्मिक समुदायको साझा सहयोग र अल्पसंख्यकको समान सुरक्षामा जोड दिए ।

प्रकाशित मिति : २१ चैत्र २०८२, शनिबार  २ : २८ बजे

घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन

तनहुँ– कालीगण्डकी नदीमा आएको बाढीले पहुँचसडक बगाएको घिरिङ र डेढगाउँ

नवरात्रको पाँचौँ दिन : आज स्कन्दमाताको पूजा गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको पाँचौँ दिन आज दसैँघर तथा पूजा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २९ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६