पश्चिम बंगालमा भाजपा धेरै अगाडि, बनर्जी सरकार पतनको संघारमा « Khabarhub

पश्चिम बंगालमा भाजपा धेरै अगाडि, बनर्जी सरकार पतनको संघारमा


२१ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


414
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतका चार राज्य र एक केन्द्र शासित प्रदेशमा भएको विधानसभा चुनावको मतगणना जारी छ। पश्चिम बंगालको प्रारम्भिक रुझानमा भारतीय जनता पार्टी (भाजपा) ले सत्तारूढ तृणमूल कांग्रेस (टीएमसी) लाई निकै पछाडि पारेको देखिन्छ।

डेटानेटका अनुसार टीएमसी ९५ सिटमा र भाजपा १९३ सिटमा अगाडि छन् । कूल २९४ सिट रहेको विधानसभामा बहुमतका लागि १४८ सिट आवश्यक पर्छ। यसरी हेर्दा भाजपा बहुमतको आँकडाभन्दा निकै अगाडि पुगिसकेको छ ।

टीएमसीले चुनाव हारेमा ऐतिहासिक घटना हुने बीबीसी हिन्दीले जनाएको छ । सन् २०११ देखि राज्यमा टीएमसीको सरकार छ । ममता बनर्जी विगत १५ वर्षदेखि मुख्यमन्त्री छिन् । भाजपाले जितेमा राज्यमा उसको पहिलो सरकार बन्नेछ ।

धेरैजसो एक्जिट पोलहरूले टीएमसी र भाजपाबीच कडा प्रतिस्पर्धा हुने देखाएका थिए। तर रुझानमा भने भाजपा ठूलो जिततर्फ बढिरहेको देखिन्छ।

पश्चिम बंगालमा विगत ५० वर्षदेखि प्रायः एकतर्फी नतिजा आउने गरेको इतिहास छ । कांग्रेस, लेफ्ट वा टीएमसी जसले जिते पनि भारी बहुमतका साथ जितेका छन् । यस पटकको चुनावमा राजनीतिक नेतृत्व र निर्वाचन आयोगका कदमले नयाँ आयाम थपेका छन् । यस चुनावको दुवै चरणमा गरी कूल ९२.४७ प्रतिशत मतदान भएको छ । यो स्वतन्त्रता पछिकै सबैभन्दा उच्च मतदान हो।

यसअघि सन् २०११ मा ८४.७२ प्रतिशत मतदान भएको रेकर्ड थियो । अहिले त्यो रेकर्ड तोडिएको छ । शहरी र ग्रामीण दुवै क्षेत्रमा ९० प्रतिशतभन्दा बढी भोट खस्नु अभूतपूर्व मानिएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०८३, सोमबार  ३ : २४ बजे

चार लाख भारतीय रकमसहित पक्राउ

नेपालगञ्ज– प्रहरीले अवैध कारोवारमा संलग्न भएका आरोपमा नेपालगञ्जस्थित बसपार्क क्षेत्रबाट

मधेस प्रदेशका ३४ स्थानीय तहमा करदाता सेवा विस्तार

जनकपुरधाम– मधेस प्रदेशका ३४ स्थानीय तहहरूमा करदाता सेवा विस्तार भएको

सुनचाँदीको मूल्य सामान्य वृद्धि

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ ।

लेदो प्रशोधन केन्द्र अपेक्षाअनुसार सञ्चालन भएन

झापा– मेचीनगर नगरपालिकाले करोडौँ रुपैयाँको लगानीमा निर्माण गरेका दुईवटा दिसाजन्य

मधेसमा ‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु

जनकपुरधाम– कृषि सामग्री कम्पनी लिमिटेड जनकपुरधाम धनुषाले मधेस प्रदेश सरकारद्वारा