हर्मुज जलडमरूमध्यमा अमेरिकी युद्धपोतलाई लक्षित गरी इरानले हान्यो दुई क्षेप्यास्त्र « Khabarhub

हर्मुज जलडमरूमध्यमा अमेरिकी युद्धपोतलाई लक्षित गरी इरानले हान्यो दुई क्षेप्यास्त्र


२१ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


330
Shares
  • change font
  • change font
  • change font

तेहरान- इरानले अमेरिकी युद्धपोतलाई लक्षित गरी हर्मुज जलडमरुमध्यमा दुई क्षेप्यास्त्र प्रहार गरेको छ । इरानको फार्स समाचार एजेन्सीले स्थानीय स्रोतहरूलाई उद्धृत गर्दै जास्क नजिकै एउटा अमेरिकी नौसेनाको जहाजमा दुईवटा क्षेप्यास्त्र प्रहार भएको जनाएको हो ।

इरानको रिभोलुसनरी गार्डले जहाजलाई तत्काल रोकिन दिएको चेतावनीलाई बेवास्ता गरेपछि उक्त आक्रमण गरिएको दाबी गरिएको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले हर्मुज जलडमरूमध्यमा थुनिएका जहाजहरूलाई बाहिर निकाल्न सोमबारदेखि ‘प्रोजेक्ट फ्रीडम’ सुरु गर्ने घोषणा गरेलगत्तै यो घटना सार्वजनिक भएको हो ।

यस अभियानका लागि अमेरिकी सेन्ट्रल कमाण्डले १५ हजार सैन्य टोली, सयभन्दा बढी स्थल तथा समुद्री विमान, युद्धपोत र ड्रोनहरू परिचालन गरी सहयोग गर्ने तयारी गरेको थियो । अर्कोतर्फ, इरानी सेनाले आफ्नो नौसेनाले कडा र द्रुत चेतावनी दिएर अमेरिकी युद्धपोतहरूलाई हर्मुज जलडमरूमध्यमा प्रवेश गर्नबाट रोकेको दाबी गरेको छ ।

प्रकाशित मिति : २१ बैशाख २०८३, सोमबार  ४ : ४४ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार