टिकटकर तुल्सा अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश « Khabarhub

टिकटकर तुल्सा अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश


२१ जेष्ठ २०८३, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


816
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सामाजिक सञ्जालमा ‘तुलसा कलेक्सन’ नामले परिचित टिकटकर तुल्सा अधिकारी जेल चलान भएकी छन् ।

उनलाई जिल्ला अदालत ललितपुरले पुर्पक्षका लागि थुनामा पठाउने आदेश बिहीबार दिएको हो ।

तुल्सासिहत १० जना जनाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) दर्ता गरेको मुद्दामा बिहीबार सुनुवाइका क्रममा न्यायाधीश टेकनाथ गौतमको इजलासले यस्तो आदेश दिएको हो ।

तुल्सासहितविरुद्ध कुमार चिमोरियाको जाहेरीले मुद्दा अघि बढेको थियो । उक्त मुद्दामा टिकटकर अधिकारी र अशोककुमार अग्रवालसहित १० जना प्रतिवादी थिए ।

उनीहरुविरुद्ध आपराधिक लाभ (एक्सटर्सन), संगठित अपराध र सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) समेतको कसुरमा मुद्दा चलाइएको थियो ।

हुण्डीमार्फत् रकम पठाउने–पठाउन लगाउने कार्य गरेर अवैध सम्पत्तिको स्रोत लुकाउने, रूपान्तरण तथा हस्तान्तरण गरेको आरोपसमेत सरकारी वकिलको कार्यालयले लगाएको थियो ।

यस प्रकरणको थालनी ललितपुरका व्यवसायी कुमार चिमोरियाले दिएको जाहेरीबाट अघि बढेको थियो । चिमोरियाले २०८२ साउन २४ गते जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी दिएका थिए । उनले जाहेरीमा तुल्सी अधिकारीले आफूलाई ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ ठगी गरेको दाबी गरेका थिए ।

जाहेरीमा अधिकारीले विभिन्न व्यवसायिक तथा लगानीका नाममा रकम लिएर सम्झौताअनुसारको दायित्व पूरा नगरेको दाबी गरेका थिए । त्यही जाहेरीलाई आधार बनाएर प्रहरीले अनुसन्धान थालेको थियो ।

अनुसन्धानका क्रममा आर्थिक कारोबारसँग सम्बन्धित बैंक विवरण, सम्पत्ति अभिलेख, कारोबारका कागजात, डिजिटल प्रमाण तथा सम्बन्धित व्यक्तिहरूको बयान लिइएको थियो। त्यो सबै काम सकेपछि अधिकारीविरुद्ध ठगीसम्बन्धी मुद्दा जिल्ला अदालतमा अघि बढाइएको थियो ।

जिल्ला अदालत ललितपुरमा भएको बकपत्रका क्रममा तुल्सी अधिकारीले आफूविरुद्ध लगाइएका आरोप अस्वीकार गरेकी थिइन्।

उनले कुमार चिमोरियाबाट रकम नलिएको दाबी गरेकी थिइन्। अधिकारीले ‘विष्णु’ नामका एक व्यक्ति आफ्नो व्यापारिक साझेदार रहेको बताउँदै चिमोरियाले दाबी गरेको रकम तथा कारोबार उनैसँग सम्बन्धित भएको बयान दिएकी थिइन्।

चिमोरियासँगको विवादलाई व्यक्तिगत वा व्यावसायिक साझेदारीको विषय भन्दै आफूलाई ठगीको आरोपमा जोडिनु अन्यायपूर्ण भएको जिकिर उनको थियो ।

उता अभियोजन पक्षले विभिन्न आर्थिक प्रमाण, कारोबार विवरण तथा अन्य कागजातका आधारमा अधिकारीको संलग्नता देखिएको दाबी गरेको थियो ।

२१ करोडको सम्पत्तिमाथि प्रश्न

प्रहरी अनुसन्धानबाट अधिकारीसँग ठूलो परिमाणमा अवैध सम्पत्ति भेटिएको थियो । अधिकारी तथा उनीसँग सम्बन्धित व्यक्तिहरूको नाममा करिब २१ करोड रुपैयाँ बराबरको सम्पत्तिको स्रोत पुष्टि हुन नसकेको पाइएको थियो ।

प्रहरीका अनुसार नगद, बैंक मौज्दात, घरजग्गा, सवारीसाधन तथा अन्य लगानीसम्बन्धी सम्पत्ति आदि थिए । ती सम्पत्तिको स्रोत, आम्दानी र कानुनी आधारबारे सन्तोषजनक प्रमाण पेश हुन नसकेपछि उनीविरुद्ध सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी मुद्दासमेत दायर गरिएको थियो।

नेपालको कानुनअनुसार वैधानिक स्रोत पुष्टि गर्न नसकिएको सम्पत्तिलाई अनुसन्धानको दायरामा ल्याउन मिल्छ। यदि अदालतले सम्पत्तिको स्रोत अवैध भएको ठहर गरेमा त्यस्ता सम्पत्ति जफत हुन सक्ने कानुनी व्यवस्था गरिएको छ।

प्रकाशित मिति : २१ जेष्ठ २०८३, बिहिबार  ४ : ०५ बजे

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा

सर्लाहीको हरिपुरमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कुलस्थित नवलपुर–मलङ्गवा सडकखण्डमा म्याजिक

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,