रवि दिल्लीतिरै व्यस्त, परराष्ट्रमन्त्री खनाल पनि भारत जाँदै « Khabarhub

रवि दिल्लीतिरै व्यस्त, परराष्ट्रमन्त्री खनाल पनि भारत जाँदै


२१ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार दक्षिणी छिमेकी मुलुक भारतको औपचारिक भ्रमणमा जाने भएका छन् ।

परराष्ट्र मन्त्रालयले बिहीबार एक वक्तव्य जारी गर्दै मन्त्री खनालको भारत भ्रमणबारे औपचारिक जानकारी गराएको हो ।

यसअघि जेठ २३ गते नै भारत जाने तयारी भए पनि केही प्राविधिक कारणवश भ्रमण तालिकामा सामान्य फेरबदल भएको मन्त्रालयले जनाएको छ ।

नयाँ कार्यतालिकाअनुसार उनी शुक्रबार नै नयाँ दिल्लीतर्फ प्रस्थान गर्नेछन् । भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले समकक्षी एस. जयशंकरलगायत त्यहाँका उच्चपदस्थ अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

हाल भारत भ्रमणमा रहेका रास्वपा सभापति रवि लामिछाने नेतृत्वको टोलीले उच्च महत्त्व पाएको छ । रविलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि भेटेका छन् ।

यस्तोमा रास्वपा नेतृत्वको सरकारका परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जान लागेका हुन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार खनालले प्रधानमन्त्री वालेन्द्र शाहको सम्भावित भारत भ्रमणबारे समकक्षीसँग संवाद गर्नेछन् ।

परराष्ट्रमन्त्री खनालले यो भ्रमणका क्रममा द्विपक्षीय हितका साथै नेपाल-भारत सीमा विवादसहितका मुद्दामा छलफल गर्न सक्ने बताइएको छ। उक्त छलफलपछि प्रधानमन्त्री शाहको सम्भावित भारत भ्रमणका एजेन्डा तय गरिने छ।

प्रकाशित मिति : २१ जेठ २०८३, बिहीबार  ५ : १० बजे

रसुवाबाट पत्रकार आचार्यको हारगुहार : ‘एकपटक जंगल र खोल्साखोल्सीमा ड्रोनबाट हेरिदिनुस्’

काठमाडौँ– रसुवामा आएको विनाशकारी बाढीपछि बेपत्ता तथा सम्पर्कविहीन आफन्तको खोजी

खप्तडमा बिरामीको भरोसा बन्दै सेनाको मेडिकल

बझाङ– खप्तडमा स्वास्थ्योपचार पाउनु चुनौतीपूर्ण छ । समुद्री सतहबाट तीन

भोटेकोसी बाढीले सिकाएको पाठ : विकासको बाटो कि बिनासको निम्तो ?

भदौ १० गते बिहान ९ बजेको आसपास हालसम्म संसारभरि नै

ऊर्जा मन्त्रालयले खोज तथा उद्धार पुनर्निर्माण समन्वयका लागि ‘रियल टाइम अपडेट सिस्टम’ बनाउँदै

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले रसुवाको भोटेकोशी बाढी प्रभावित

रसुवाको कालिका–५ का वडाध्यक्षको अपील : जनता दिनदिनै मर्दै छन्, बाँचेकालाई थप मर्न नदिनुस्

रसुवा– रसुवाको कालिका गाउँपालिका–५ का वडाध्यक्षले गम्भीर हृदयाघात भएका बिरामीको