छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु « Khabarhub

छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु


२१ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काभ्रेको पाँचखाल नगरपालिका-१२ खहरेगाउँस्थित सडकमा खहरेगाउँबाट काँसकोटेतर्फ आउँदै गरेको बा.६३ प ९०८१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा चालक सोही नगरपालिका-११ बस्ने २८ वर्षीय कालु भन्ने रमेश तामाङको घटनास्थलमै मृत्यु भएको छ ।

सर्लाहीको बलरा नगरपालिका-६ मिर्जापुरस्थित सडकमा गडहियाबाट मिर्जापुरतर्फ आउँदै गरेको ना. ४ त ८८३४ नम्बरको ट्याक्टरको ठक्करबाट सोही ठाउँ बस्ने अर्जुन साहकी छोरी ५ वर्षीया अंकिता कुमारी साहको बिहीबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ ।

प्रहरीले हाल फरार ट्याक्टर चालकको खोजी गरिरहेको छ ।

रोल्पाको माडी गाउँपालिका-२ घर्तीगाउँ व्याङखोला नजिकै कालापहरस्थित सडकमा एमएच १४ टिसीजे ४७१ नम्बरको बोलेरो अनियन्त्रित भई बिहीबार बिहान दुर्घटना हुँदा चालक दाङ घोराही उपमहानगरपालिका-७ देसाही बस्ने २५ वर्षीय बिर बहादुर चौधरी समेत बोलेरोमा सवार हाल नाम, थर र वतन नखुलेका १ जना पुरूष र १ जना महिलाको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २१ जेठ २०८३, बिहीबार  ६ : ०० बजे

रसुवाबाट पत्रकार आचार्यको हारगुहार : ‘एकपटक जंगल र खोल्साखोल्सीमा ड्रोनबाट हेरिदिनुस्’

काठमाडौँ– रसुवामा आएको विनाशकारी बाढीपछि बेपत्ता तथा सम्पर्कविहीन आफन्तको खोजी

खप्तडमा बिरामीको भरोसा बन्दै सेनाको मेडिकल

बझाङ– खप्तडमा स्वास्थ्योपचार पाउनु चुनौतीपूर्ण छ । समुद्री सतहबाट तीन

भोटेकोसी बाढीले सिकाएको पाठ : विकासको बाटो कि बिनासको निम्तो ?

भदौ १० गते बिहान ९ बजेको आसपास हालसम्म संसारभरि नै

ऊर्जा मन्त्रालयले खोज तथा उद्धार पुनर्निर्माण समन्वयका लागि ‘रियल टाइम अपडेट सिस्टम’ बनाउँदै

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले रसुवाको भोटेकोशी बाढी प्रभावित

रसुवाको कालिका–५ का वडाध्यक्षको अपील : जनता दिनदिनै मर्दै छन्, बाँचेकालाई थप मर्न नदिनुस्

रसुवा– रसुवाको कालिका गाउँपालिका–५ का वडाध्यक्षले गम्भीर हृदयाघात भएका बिरामीको