भारतीय प्रधानमन्त्री मोदी र म्यानमारका राष्ट्रपति ह्लाइङबीच भेटवार्ता, रणनीतिक सहकार्यमा जोड « Khabarhub

भारतीय प्रधानमन्त्री मोदी र म्यानमारका राष्ट्रपति ह्लाइङबीच भेटवार्ता, रणनीतिक सहकार्यमा जोड


२१ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- म्यानमारको राष्ट्रपति बनेपछिको पहिलो वैदेशिक भ्रमणका क्रममा मिन आङ ह्लाइङले नयाँ दिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् । पाँच दिने औपचारिक भ्रमणका लागि भारत पुग्नुभएका ह्लाइङ र मोदीबीच भएको उक्त वार्तामा दुई देशबीच महत्वपूर्ण खनिज र दुर्लभ धातु (रेयर अर्थ्स) को क्षेत्रमा सहकार्य गर्ने सहमति भएको छ ।

भेटवार्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै भारतीय विदेश सचिव विक्रम मिस्रीले प्रधानमन्त्री मोदीले म्यानमारको सार्वभौमसत्ता र भौगोलिक अखण्डताप्रति भारतको समर्थन दोहोर्‍याएको जानकारी दिए । यसैगरी, म्यानमारका राष्ट्रपति ह्लाइङले पनि आफ्नो भूमि भारतको सुरक्षा हितविपरीत प्रयोग हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

वार्ताका क्रममा म्यानमारकी पूर्व स्टेट काउन्सिलर आङ सान सुकी र त्यहाँको लोकतन्त्रको विषयमा पनि कुराकानी भएको छ । विदेश सचिव मिस्रीका अनुसार प्रधानमन्त्री मोदीले म्यानमारको शान्ति प्रक्रियाको सन्दर्भ जोड्दै यी विषयहरू उठाएका थिए । भारतले म्यानमारमा दिगो शान्ति र समावेशिताको आवश्यकता औंल्याउँदै सबै पक्षलाई एकै ठाउँमा ल्याएर छलफल अगाडि बढाउनुपर्नेमा जोड दिएको छ । म्यानमारसँगको सम्बन्धलाई भारतले त्यहाँको आन्तरिक राजनीतिक व्यवस्थामाथिको टिप्पणीका रूपमा नलिन आग्रह गरेको छ । म्यानमारलाई अलग राख्नुभन्दा संवादमा जोड दिँदा मात्र सकारात्मक र लोकतान्त्रिक परिवर्तन सम्भव हुने भारतको बुझाइ छ ।

सन् २०२१ मा सत्ता कब्जा गरेपछि गत अप्रिलमा भएको निर्वाचनमार्फत राष्ट्रपति चुनिएका सैन्य नेता मिन आङ ह्लाइङको सरकारलाई मान्यता दिने देशहरूमा चीन र रुससँगै भारत पनि एक हो । आसियान र संयुक्त राष्ट्रसङ्घले उक्त निर्वाचनलाई पूर्ण लोकतान्त्रिक नभएको भन्दै अस्वीकार गरे पनि भारतले म्यानमारसँगको सम्बन्धलाई निरन्तरता दिएको छ ।

दुई नेताहरूबीच व्यापार, आर्थिक सम्बन्ध, रक्षा, सुरक्षा, सीमा व्यवस्थापन, विकास सहायता र सांस्कृतिक आदानप्रदानसहित द्विपक्षीय हितका समग्र विषयमा विस्तृत छलफल भएको छ । बैठकपछि जारी गरिएको संयुक्त विज्ञप्ति अनुसार दुवै देशले भारतीय रुपैयाँ र म्यानमारको क्यात मुद्रामा व्यापार भुक्तानी गर्ने प्रणालीमार्फत द्विपक्षीय व्यापारलाई थप सुदृढ बनाउने सहमति समेत गरेका छन् ।

प्रकाशित मिति : २१ जेठ २०८३, बिहीबार  ४ : ४६ बजे

जलविद्युत आयोजनाहरुको आरसीओडी थप्ने प्रक्रिया सुरु

काठमाडौँ– नेपाल विद्युत प्राधिकरणले विद्युत खरिद–बिक्री सम्झौता (पीपीए) भएका तर

सिने उद्योगमा तीन ब्यानरको वर्चस्व, दर्शकको रोजाइ कन्टेट कि ब्रान्ड ?

काठमाडौं – ‘अन्ततः कन्टेन्टमा दम भएकै फिल्म हिट हुन्छन्’ भन्ने

कर्णालीमा गत आर्थिक वर्ष ट्राफिक कारबाहीबाट ३ करोड ४१ लाख राजस्व सङ्कलन

सुर्खेत– नेपाल प्रहरी कर्णाली प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन

मुलुकलाई ‘ग्रे लिस्ट’बाट हटाउन सबैको प्रयास आवश्यक : महालेखापरीक्षक

काठमाडौँ– महालेखापरीक्षक तोयम रायाले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ‘ग्रे लिस्ट’बाट हटाउन

मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह

काठमाडौँ– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन अवधिभर