लगानी बोर्डको कार्यकारी अधिकृतमा याङ्की उक्याब नियुक्त « Khabarhub

लगानी बोर्डको कार्यकारी अधिकृतमा याङ्की उक्याब नियुक्त


२० श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा काठमाडौंका याङ्की उक्याबलाई नियुक्त गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत उक्याबलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित पोखरेल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रस्तावमा उनलाई लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्त गरिएको बताएका छन् ।

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा याङ्की उक्याब र मनोज पौडेलको बलियो प्रतिस्पर्धा थियो। स्रोतका अनुसार उक्याबलाई नियुक्तिका लागि चर्चित नेत्र रोग विशेषज्ञ डा. सन्दुक रूइतले सरकारसमक्ष नाम सिफारिस गरेका थिए ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले संयोजक रहेको सिफारिस समितिले लगानी बोर्डको सीईओको लागि याङ्की उक्याब, मनोज पौडेल र जितेन्द्र धितालको नाम सिफारिस गरेको थियो ।

लगानी बोर्डको अध्यक्ष प्रधानमन्त्री हुने व्यवस्था छ। अर्थमन्त्री लगानी बोर्डका उपाध्यक्ष हुन्। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले संयोजक, योजना आयोगको उपाध्यक्ष डा. गुणाकर भट्ट र प्रधानमन्त्रीका सुशासन सल्लाहकार सुदीप ढकाल सीईओ सिफारिस समितिमा थिए ।

लगानी बोर्डको सीईओ बनेकी याङ्की उक्याब विकास अर्थशास्त्री हुन्। उनले यसअघि लगानी बोर्डमै पराशर्मदाताको रुपमा काम गरेकी थिइन् । उनी सार्वजनिक नीति, दिगो विकास, जलवायु, आर्थिक विकास तथा लगानीका विषयको विशेषज्ञ पनि हुन्।

प्रकाशित मिति : २० श्रावण २०८३, बुधबार  १ : ३१ बजे

गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा २९ डाक्टर र १५ इन्जिनियर निर्वाचित

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा निर्वाचित नयाँ

राष्ट्रपति पौडेलले जारी गरे दुई अध्यादेश, एक विधेयक

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले दुई अध्यादेश र एक विधेयक जारी

कांग्रेस सभापतिको शपथग्रहण फूलपातीका दिन, अन्यको दशैँपछि

काठमाडौँ– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको

ककरोच जनता पार्टीका दिपके फेरि पक्राउ

काठमाडौं- ककरोच जनता पार्टीका प्रमुख अभिजीत दिपके फेरि पक्राउ परेका

दसैँ बिदामा पनि टेकु अस्पताल खुला रहने

काठमाडौँ – काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले