नेप्सेमा सामान्य सुधार, चार अर्ब ४० करोडभन्दा बढीको कारोबार « Khabarhub

नेप्सेमा सामान्य सुधार, चार अर्ब ४० करोडभन्दा बढीको कारोबार


२० श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज सामान्य अङ्कले बढेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक चार दशमलव ७९ अङ्कले बढेर दुई हजार ६६७ दशमलव ९७ बिन्दुमा पुगेको छ । 

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ६० अङ्कले बढेर ४६७ दशमलव ३६ बिन्दुमा पुगेको छ ।

यसैगरी, फ्लोट परिसूचक शून्य दशमलव ०३ अङ्कले घटेर १८३ दशमलव २९ बिन्दुमा झरेको छ भने सेन्सेटिभ फ्लोट परिसूचक शून्य दशमलव ३० अङ्कले घटेर १५८ दशमलव २६ बिन्दुमा सीमित भएको छ ।

आज विभिन्न कम्पनीका एक करोड ६७ हजार ७३२ कित्ता शेयर रु चार अर्ब ४० करोड ९८ लाख ८६ हजार ४५७ मा खरिदबिक्री भएको छ ।

कारोबार भएका १३ उपसमूहमध्ये पाँच उपसमूहको परिसूचक बढेको छ भने आठ उपसमूहको परिसूचक घटेको छ । आज एक सय २२ कम्पनीको सेयर मूल्य बढेको, एक सय ४३ कम्पनीको घटेको तथा ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ ।

आज सोलु हाइड्रोपावर लिमिटेड, शिखर पावर डेभलपमेन्ट लिमिटेड र रिडी पावर कम्पनी लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । 

त्यसैगरी, एभरेष्ट कलर लिमिटेड, कामना सेवा विकास बैंक डिबेञ्चर र मञ्जुश्री फाइनान्स लिमिटेड डिबेञ्चरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।

प्रकाशित मिति : २० श्रावण २०८३, बुधबार  ४ : ४६ बजे

ओखलढुंगाको चार्खुमा आगलागी हुँदा दुई घर जलेर नष्ट, २६ लाख बराबरको क्षति

ओखलढुङ्गा– ओखलढुंगाको सिद्धिचरण नगरपालिका–४ चार्खुमा मङ्गलबार साँझ विद्युत् चुहावट (सर्ट)

विधायन व्यवस्थापनसहित दुईवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेको दुईवटा समितिको बैठक बस्दैछ ।

दुई वर्षमा सक्नुपर्ने सडक १० वर्षमा पनि उस्तै

बागलुङ– कुनै सडक कालोपत्र गर्न कति वर्ष लाग्ला ?  सहजै

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

बानेश्वरमा ड्युटीमा खटिएका प्रहरी कुट्नेविरुद्ध अभद्र व्यवहारको मुद्दा

काठमाडौँ – काठमाडौँको बानेश्वरमा ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार