भन्सार छलीका पानजन्य सामग्री बरामद « Khabarhub

भन्सार छलीका पानजन्य सामग्री बरामद


२० श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

झापा – झापा प्रहरीले भन्सार छली गरी ल्याइएका रु ५२ हजार बराबरको पानजन्य सामग्री बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार आज इलाका प्रहरी कार्यालय चारआलीबाट खटिएको गस्ती टोलीले मेचीनगर नगरपालिका–१३ स्थित फुलबासा पुल नजिक सडक किनारमा बेवारिसे अवस्थामा लुकाइछिपाइ राखिएको भन्सार छलीको पानमा प्रयोग हुने सामग्री बरामद गरेको हो ।

बरामद गरिएका सामग्रीमा करिब ५० किलोग्राम हरियो पानको पत्ता, टिनको बट्टामा रहेको २० थान गुल, प्लास्टिकको बट्टामा रहेको १२ थान गुल, पानमा प्रयोग हुने १२ थान रङ्गोल, १० थान पान मसला, ७० थान दिल खुस चट्नी तथा २० थान केशर तमाखु रहेका छन् ।

ती सामग्रीको अनुमानित मूल्य रु ५२ हजार २० रहेको प्रहरीले जनाएको छ । बरामद गरिएको उक्त सामान आवश्यक कानुनी कारबाहीका आजै मेची भन्सार कार्यालय, काँकरभिट्टामा बुझाइएको प्रहरीले जनाएको छ ।

अवैध माछा बरामदपछि नष्ट
त्यसैगरी, आज अपराह्न इलाका प्रहरी कार्यालय गौरीगञ्जले गौरीगञ्ज गाउँपालिका–३ बुधबारे हटिया क्षेत्रमा भन्सार छली गरी प्लास्टिकमा ल्याई लुकाइछिपाइ राखिएको करिब २० किलोग्राम मुङ्गी माछा बरामद गरेको थियो ।

प्रहरीका अनुसार बरामद गरिएको माछाको अनुमानित मूल्य रु छ हजार रहेको छ । उक्त माछा इलाका प्रहरी कार्यालय गौरीगञ्जमा ल्याई स्थानीय जनप्रतिनिधि, पशु क्वारेन्टाइन तथा बजार व्यवस्थापन समितिका प्रतिनिधिको रोहबरमा नष्ट गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २० श्रावण २०८३, बुधबार  ८ : ३७ बजे

चन्द्रमामा ठोकियो स्पेसएक्स रकेटको टुक्रा

काठमाडौँ । स्पेसएक्स ९ रकेटको खेर गएको माथिल्लो भाग बुधबार

नेपाल टेलिभिजन अनियमितता प्रकरणको छानबिन प्रतिवेदन पेस

काठमाडौँ : नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रशारण संस्था) ले विगतका

साथीभाइले आलोचना गर्नुभएछ, अध्यक्षज्यूले तपाईं नै काम गर्नु भन्नुभयो : हिक्मत कार्की (अन्तर्वार्ता)

हिक्मतकुमार कार्कीले आफूलाई कोशी प्रदेशको मुख्यमन्त्रीबाट हटाउनुपर्ने भए एमाले सचिवालय

निम्स दाइको अन्त्यष्टि लण्डनमा गरिने

काठमाडौँ । पाकिस्तानको काराकोरम हिमश्रृङ्खलाअन्तर्गत ब्रड पिकको हिमपहिरोमा परी निधन

शेख हसिनाको घोषणा : डिसेम्बरमा बंगलादेश फर्किन्छु

काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू डिसेम्बरमा बंगलादेश फर्किने