मलेसिया रोजगारीमा सीमित संस्थाको एकाधिकार रोक्न व्यवसायी सङ्घको माग « Khabarhub

मलेसिया रोजगारीमा सीमित संस्थाको एकाधिकार रोक्न व्यवसायी सङ्घको माग


१९ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले मलेसियामा नेपाली श्रमिक पठाउने प्रक्रियालाई निश्चित वैदेशिक रोजगार व्यवसायी संस्थामा सीमित गरी एकाधिकार कायम गर्न खोजिएको भन्दै त्यसलाई रोक्न सरकारको ध्यानाकर्षण गराएको छ ।

सङ्घले आज पत्रकार सम्मेलन गरी मलेसियाको फरेन वर्कर्स सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्टम (एफडब्ल्युसिएमएस) अन्तर्गत नेपालका सीमित वैदेशिक रोजगार व्यवसायी संस्थालाई मात्र सूचीकृत गरिएको विषयमा प्रश्न उठाएको हो ।

मलेसियाको एफडब्ल्युसिएमएसमा नेपालका २५ वटा वैदेशिक रोजगार व्यवसायी संस्थालाई मुख्य र २५० वटा संस्थालाई सहायक संस्थाका रूपमा सूचीकृत गरिएको विषय सार्वजनिक भएपछि छनोट प्रक्रिया, मापदण्ड र पारदर्शितामाथि प्रश्न उठेको छ । यस विषयमा वैदेशिक रोजगार विभागले समेत सूचीकृत २५० संस्थासँग उनीहरू छनोट भएको आधार र प्रक्रियाबारे स्पष्टीकरण मागेको छ ।

सङ्घका अध्यक्ष डिकबहादुर खत्रीले निश्चित व्यवसायी संस्थालाई मात्र सूचीकृत गरेर एकाधिकार कायम गर्न नहुने बताए। 

‘निश्चित व्यवसायी संस्थालाई सूचीकृत गरेर एकाधिकार गर्न पाइँदैन । सूचीकृत संस्थाहरू नै कति पारदर्शी छन् भन्ने प्रश्न छ,’ उनले भने।

उनले श्रमिकको हकहित संरक्षण गर्दै वैदेशिक रोजगार व्यवसायलाई सम्मानित, व्यवस्थित, मर्यादित र पारदर्शी बनाउन सरकारको ध्यानाकर्षण गराइएको बताए।

अध्यक्ष खत्रीले “आज मलेसियाबाट सुरु भएको एकाधिकारको नजिर भोलि अन्य श्रम गन्तव्यमा पनि दोहोरिन सक्छ,” भने।

प्रकाशित मिति : १९ आश्विन २०८३, सोमबार  ७ : ३१ बजे

तीन दिन सतर्कता अपनाउन झापा प्रशासनको आग्रह

झापा– बङ्गालको खाडीमा उत्पन्न ‘अर्नब’ चक्रवातबाट हुनसक्ने सम्भावित विपदबाट जोगिन

यी भूभागमा चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि सुरक्षा कार्ययोजना पुनरावलोकन

झापा– झापामा मानव–हात्ती द्वन्द्वका घटना बढ्दै गएपछि त्यसबाट हुने मानवीय

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६