ट्रम्पसमर्थित निर्वाचन नक्साबारे मिसौरी सर्वोच्च अदालतमा « Khabarhub

ट्रम्पसमर्थित निर्वाचन नक्साबारे मिसौरी सर्वोच्च अदालतमा


२० भाद्र २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन- मिसौरी राज्यले आगामी मध्यावधि निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पसमर्थित नयाँ कङ्ग्रेसनल निर्वाचन क्षेत्रको नक्सा प्रयोग गर्न अनुमति माग्दै शुक्रबार अमेरिकी सर्वोच्च अदालतमा निवेदन दिएको छ । मिसौरीको उच्च अदालतले नयाँ नक्साको कार्यान्वयन रोक्दै त्यसलाई कायम राख्ने वा खारेज गर्ने विषयमा नोभेम्बरमा राज्यव्यापी जनमतसङ्ग्रह गर्न आदेश दिएपछि राज्यले सङ्घीय सर्वोच्च अदालतमा निवेदन दिएको हो । नयाँ नक्साले रिपब्लिकनलाई अमेरिकी प्रतिनिधिसभामा थप एक सिट जित्न सहयोग गर्ने अपेक्षा गरिएको छ ।

यसबाट आगामी मध्यावधि निर्वाचनमा प्रतिनिधिसभामा रिपब्लिकनको झिनो बहुमत कायम राख्न सहयोग पुग्ने बताइएको छ । नयाँ निर्वाचन क्षेत्रको विरोध गर्ने समूहले जनमतसङ्ग्रहका लागि तीन लाखभन्दा बढी हस्ताक्षर सङ्कलन गरेपछि विवाद अदालत पुगेको थियो । रिपब्लिकन सेक्रेटरी अफ स्टेट डेनी हस्किन्सले अगस्तमा भएको प्राथमिक निर्वाचनका क्रममा उक्त निवेदन अस्वीकार गरेका थिए । उनले राज्यको संविधानले कङ्ग्रेसनल निर्वाचन क्षेत्र पुनःसीमाङ्कनसम्बन्धी जनमत सङ्ग्रहको व्यवस्था नगरेको तर्क गरेका थिए ।

हस्किन्सले तल्लो अदालतमा आफ्नो निर्णयको बचाउ गरे पनि बिहीबार मिसौरीको उच्च अदालतले उनको निर्णय उल्टाइदिएको थियो । राज्यको सर्वोच्च अदालतले जनमत सङ्ग्रहबाट मतदाताको अनुमोदन नभएसम्म नयाँ निर्वाचन क्षेत्र लागू गर्न नपाइने फैसला गरेको छ । अदालतले आगामी आम निर्वाचनमा सन् २०२० को जनगणनापछि कायम रहेका पुराना निर्वाचन क्षेत्र नै प्रयोग गर्नुपर्ने आदेश दिएको छ ।

मिसौरीकी महान्यायाधिवक्ता क्याथरिन हानावेले प्राथमिक निर्वाचनपछि र आम निर्वाचनअघि कङ्ग्रेसनल निर्वाचन क्षेत्रसम्बन्धी यस्तो आदेश अमेरिकी इतिहासमा अभूतपूर्व भएको दाबी गरेकी छन् । उनको कार्यालयले सर्वोच्च अदालतमा दायर गरेको निवेदनमा नयाँ आदेशका कारण राज्यमा निर्वाचन सञ्चालनमा अभूतपूर्व अस्तव्यस्तता उत्पन्न हुने उल्लेख छ । सङ्घीय निर्वाचन समयमै सञ्चालन गर्न राज्यले आफ्नो कङ्ग्रेसनल नक्सा परिवर्तन गर्न पाउने वा नपाउने विषयमा समेत अन्योल उत्पन्न भएको निवेदनमा जनाइएको छ ।

हानावेले मिसौरीको सर्वोच्च अदालतको निर्णय तत्काल रोक्न अमेरिकी सर्वोच्च अदालतसँग आग्रह गरेकी छन् । राज्यको कानुनअनुसार नोभेम्बरमा हुने निर्वाचनको मतपत्रमा आवश्यक परिवर्तन गर्न मङ्गलबारसम्मको समयसीमा रहेको छ । मुद्दाको सुनुवाइ गरिरहेका अमेरिकी सर्वोच्च अदालतका न्यायाधीश ब्रेट काभानोघले नयाँ नक्साका आलोचकहरूलाई सोमबारसम्म राज्यको निवेदनबारे जवाफ दिन निर्देशन दिएका छन् ।

जनमत सङ्ग्रहका समर्थकहरूले नयाँ निर्वाचन क्षेत्रबारे अन्तिम निर्णय गर्ने अधिकार राज्यका मतदातालाई दिनुपर्ने बताएका छन् । मिसौरीबाट हाल अमेरिकी प्रतिनिधिसभामा छ जना रिपब्लिकन र दुई जना डेमोक्र्याट प्रतिनिधि छन् । नयाँ नक्साले लामो समयदेखि डेमोक्र्याटिक प्रतिनिधि इमानुएल क्लीभरले प्रतिनिधित्व गर्दै आएको कान्सास सिटी क्षेत्रको निर्वाचन क्षेत्रलाई समेत पुनः संरचना गरेको छ ।

सामान्यतया नयाँ जनगणनाको तथ्याङ्कका आधारमा प्रत्येक दशकको सुरुआतमा कङ्ग्रेसनल निर्वाचन क्षेत्र पुनःसीमाङ्कन गरिन्छ । तर मध्यावधि निर्वाचनमा राजनीतिक लाभ हासिल गर्ने उद्देश्यले ट्रम्पले अघि बढाएको अभियानका कारण यसपटक मध्य–दशकमा निर्वाचन क्षेत्र पुनःसीमाङ्कन गर्ने विषयमा विभिन्न राज्यमा विवाद उत्पन्न भएको छ । यससम्बन्धी राजनीतिक तथा कानुनी विवाद डेमोक्र्याट र रिपब्लिकनको नेतृत्वमा रहेका एक दर्जनभन्दा बढी राज्यमा फैलिएको छ ।

प्रकाशित मिति : २० भाद्र २०८३, शनिबार  ३ : ५४ बजे

उद्धार कार्यमा राज्य र सरकार अझ जिम्मेवार बन्नुपर्छ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

खर्ग टापु क्षेत्रमा विस्फोट : इरानी मिडिया

तेहरान- संयुक्त राज्य अमेरिका र इरानबीचको तनाव उत्कर्षमा पुगेको केही

सुरुङभित्र उद्धारका लागि स्विट्जरल्यान्डले दियो अत्याधुनिक ड्रोन

काठमाडौं- जलविद्युत् आयोजना तथा अन्य जोखिमपूर्ण क्षेत्रमा रहेका सुरुङभित्र खोज

उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम !

काठमाडौं– नेपाली सेनाको नेतृत्वमा जारी खोज तथा उद्धारका क्रममा स्थानीय

भोटेकोशी बाढी : रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

रसुवा– भोटेकाशी बाढीले जिल्लाका निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो क्षति