विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम « Khabarhub

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम


१९ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले नेपाल लेयर्स कुखुरापालक सङ्घले यस वर्षको विश्व अण्डा दिवस सप्ताहव्यापी रुपमा मनाइरहेको छ । यस वर्षको नारा ‘प्रोटिन जसले शक्ति दिन्छ र सुरक्षा गर्छ’ रहेको छ ।

सङ्घका केन्द्रीय अध्यक्ष विनोद पोखरेलका अनुसार हरेक वर्ष अक्टोबर महिनाको दोस्रो शुक्रबार मनाइने विश्व अण्डा दिवस यस वर्ष असोज २३ गते अर्थात् अक्टोबर ९ मा मनाइँदै छ । सन् १९९६ मा अस्ट्रियाको भियनाबाट सुरु भएको विश्व अण्डा दिवसले यस वर्ष ३० वर्ष पूरा गर्दैछ ।

दिवसका अवसरमा देशभरका विभिन्न विद्यालयमा अण्डाको पोषण, स्वास्थ्यमा यसको भूमिका तथा सन्तुलित आहारमा यसको महत्वबारे विद्यार्थी र अभिभावकलाई जानकारी गराउने कार्यक्रम सञ्चालन भइरहेको उनले जानकारी दिए । गत साताबाट भेटेरिनरी चिकित्सक र स्वास्थ्यकर्मीहरूले अण्डाको महत्वका बारेमा विद्यार्थी र शिक्षकहरूलाई जानकारी गराउने काम भइरहेको छ ।

सङ्घको मुख्य आयोजनामा अमेरिकी सोयाबिन एक्सपोर्ट काउन्सिल (युएसएसइसी) को सहयोग तथा सरकारी र निजी क्षेत्रको सहकार्यमा विशेष कार्यक्रम गरिँदैछ । असोज २३ गते बिहान ७ बजे उद्योग सङ्घ चितवनको परिसरबाट ‘एग वाक’ सुरु भई नारायणगढको सहिद चोकमा पुगेर समापन हुने छ । एग वाकमार्फत अण्डाको पोषण, स्वास्थ्यमा यसको सकारात्मक प्रभाव र दैनिक आहारमा यसको महत्वबारे जनचेतना फैलाइने छ ।

सोही दिन सरोकारवालाको सहभागितामा प्यानल डिस्कसन पनि आयोजना गरिने छ । कार्यक्रममा अण्डा उत्पादन, पोषण, स्वास्थ्य, उपभोग, बजार तथा नेपाली समाजमा अण्डाको भूमिकाबारे छलफल हुनेछ ।

फिजिसियन डा. भोजराज अधिकारीका अनुसार एउटा अण्डामा करिब ६ ग्राम उच्च गुणस्तरको प्रोटिनसँगै भिटामिन ए, बी, बी १२, कोलिन, लिसिफिन जस्ता शरीरको सबै कुरालाई आवश्यक पर्ने तत्व पाइन्छ ।

यसैगरी, भिटामिन डी, ई, फोलेट, फस्फोरस, सेलेनियम र जिङ्कजस्ता पोषक तत्व पाइन्छन् । अण्डामा पाइने प्रोटिनले शरीरका तन्तु तथा मांसपेशी निर्माण र मर्मतमा सहयोग गर्नाका साथै बालबालिकाको वृद्धि–विकासमा महत्वपूर्ण भूमिका खेल्ने उनी बताउँछन् ।

अण्डामा पाइने कोलिनले मस्तिष्क तथा स्नायु प्रणालीको सामान्य कार्यमा र पहेँलो भागमा पाइने ल्युटिन तथा जेक्स्यान्थिनले आँखाको स्वास्थ्यमा योगदान पुर्‍याउने उनको भनाइ छ । एक जना व्यक्तिलाई एउटा अण्डाको पहेँलो भाग खाँदा उसको शरीरलाई चाहिने कोलस्टोरको एउटा भाग प्राप्त हुने भएकाले खान आवश्यक हुने उनले जानकारी दिए ।

यसअघि पहेँलो भाग खान हुन्न भन्ने विज्ञहरुको भनाइ रहँदै आएको थियो । अण्डालाई सन्तुलित तथा विविधतायुक्त आहारको महत्वपूर्ण हिस्साका रूपमा लिने गरिएको छ ।

नेपालका कुखुरापालक किसानहरु विस्थापित हुने अवस्थामा पुगेपछि चार वर्षअघि स्थापना भएको नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको बजारीकरणमा काम गरेसँगै अहिले नेपालमा नयाँ किसान पनि कुखुरापालन क्षेत्रमा आएका छन् ।

यो क्षेत्र व्यवसायीकरण हुने क्रममा रहेको छ । लामो समयदेखि लागत मूल्य नपाएर किसान विस्थापित भएका हुन् । सङ्घकै पहलमा पछिल्ला दिनहरुमा किसानले लागत मूल्य पाउन थालेका छन् । उत्पादन बढाएरसँगै खपत बढाउने उद्देश्यले यस्ता कार्यक्रमको नेतृत्व सङ्घले लिएर गर्दै आएको अध्यक्ष पोखरेलले बताए ।

प्रकाशित मिति : १९ आश्विन २०८३, सोमबार  ८ : १३ बजे

कांग्रेस महाधिवेशन : यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौँ– नेपाली कांग्रेसको निर्वाचन समितिले १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको

बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजनाको मृत्यु, एकजना गम्भीर घाइते

बागलुङ– बागलुङमा बाटो स्तरोन्नति गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुईजना

मौसम खुलेपछि अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

कास्की– विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले