लक्षित बैतडीमा १३ स्थानमा यात्रु सहायता कक्ष « Khabarhub

लक्षित बैतडीमा १३ स्थानमा यात्रु सहायता कक्ष


१९ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

बैतडी– चाडपर्वका बेला यात्रुलाई सहज, सुरक्षित र व्यवस्थित रुपमा गन्तव्यमा पुग्नका लागि यात्रा गराउने उद्देश्यले बैतडीमा १३ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । 

यात्रुको चाप बढ्ने र उनीहरूलाई विभिन्न समस्या पर्न सक्ने भएकाले सुरक्षित, व्यवस्थित र सहज यात्राका लागि सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए ।

उनका अनुसार यात्रुको गुनासो सुन्ने, आवश्यक समन्वय गर्ने तथा समस्या समाधानमा सहजीकरण गर्ने उद्देश्यले सहायता कक्ष स्थापना गरिएको हो । 

यात्रु सहायता कक्ष गोठालापानी, सतबाँझ, पाटन, खोडपे, गोकुलेश्वर, खोचलेक, सिमार, हरिपुरबजार, पुर्चौंडी बसपार्क, गाँजरी, रौलेश्वर, ज्याली बजार र भट्टाडमा स्थापना गरिएको छ ।

चाडपर्वका समयमा यात्रुको चाप बढ्ने भएकाले सार्वजनिक यातायातमा हुनसक्ने ठगी, बढी भाडा असुली, क्षमताभन्दा बढी यात्रु राख्ने तथा यात्राका क्रममा देखिने अन्य समस्याबारे यात्रुले सहायता कक्षमा गुनासो राख्न सक्ने प्रहरी निरीक्षक सिंहले बताए ।

‘चाडपर्वको समयमा यात्रुलाई पर्न सक्ने विभिन्न समस्या समाधान गर्न यात्रु सहायता कक्ष स्थापना गरेका हौँ,’ उनले भने, ‘यात्रु र यातायात व्यवसायीबीच समन्वय कायम गर्दै सुरक्षित, व्यवस्थित र मर्यादित यातायात सेवा प्रवाहमा समेत सहायता पुग्ने अपेक्षा गरेका छौँ ।’

सहायता कक्षबाट यात्रुले आवश्यक सूचना, परामर्श तथा सहयोग सहज रूपमा प्राप्त गर्न सक्ने प्रहरीले जनाएको छ । यात्राका क्रममा कुनै समस्या वा गुनासो भए सहायता कक्षमा सम्पर्क गर्न पनि प्रहरीले आग्रह गरेको छ । रासस

प्रकाशित मिति : १९ आश्विन २०८३, सोमबार  १२ : १२ बजे

विकासोन्मुख देशको आवश्यकतामा केन्द्रित हुँदै चीनको विकास पहल

बेइजिङ- चीनले अघि सारेको विश्वव्यापी विकास पहल (जीडीआई) पाँच वर्ष पूरा

गुल्जार हुने मुस्ताङको कागबेनी तीर्थस्थल गुमनाम

मुस्ताङ– चाडपर्वमा गुल्जार हुने  मुस्ताङको कागबेनी तीर्थस्थल गुमनाम बनेको छ

बाढीमा आमाबुवा गुमाएका बालबालिकाको व्यवस्थापन : दीर्घकालीन स्याहार योजना कार्यक्रममा समावेश

काठमाडौं– भोटेकोशी बाढीका कारण आमाबुवा गुमाएका उत्तरगया गाउँपालिका–१ का बालबालिका

वेत्रावतीमा बेलिब्रिज जडान सुरु, दशैँअघि सञ्चालनमा ल्याउने लक्ष्य

त्रिशूली – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले क्षति पुर्‍याएपछि

‘प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीबिना आर्थिक क्रान्ति सम्भव छैन’

म पुराना अन्धविश्वासहरूमा विश्वास त गर्दिनँ, तर शान्ति प्रक्रियामा आइसकेपछि