खुलामञ्चबारे प्रधानमन्त्रीको टिप्पणीलाई ‘तुच्छ’ भन्न मिल्दैन : प्रवक्ता पोखरेल « Khabarhub

खुलामञ्चबारे प्रधानमन्त्रीको टिप्पणीलाई ‘तुच्छ’ भन्न मिल्दैन : प्रवक्ता पोखरेल


१९ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- खुलामञ्चबारे प्रधानमन्त्रीको टिप्पणीलाई लिएर सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित पोखरेलले प्रष्टीकरण दिएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रवक्ता पोखरेलले प्रष्टीकरण दिएका हुन् ।

पोखरेलले प्रधानमन्त्रीको उक्त टिप्पणी ‘तुच्छ’ भन्न नमिल्ने बताए । पोखरेलका अनुसार प्रधानमन्त्रीले महानगरको मेयर हुँदा बनाएको खुलामञ्चको सन्दर्भलाई लिएर मात्र अभिव्यक्ति दिएका हुन् ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सत्रमा आइतबार विभिन्न राजनीतिक दलका नेताहरूले सरकारको आलोचना गरेपछि प्रधानमन्त्री वालेन्द्र शाहले सामाजिक सञ्जालमा टिप्पणी गरेका थिए । सामाजिक सञ्जालमा उनले ‘धन्न खुला मञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन् !’ भन्दै टिप्पणी गरेका थिए ।

प्रकाशित मिति : १९ आश्विन २०८३, सोमबार  ४ : ४२ बजे

मतदाता सूची विवादमा निर्वाचन आयोगसँग सर्वोच्चको जवाफ माग

नयाँदिल्ली- भारतको सर्वोच्च अदालतले मतदाता नामावलीको व्यापक पुनरावलोकनसम्बन्धी निर्णयबारे सरकार र

तत्कालै नयाँ जहाज किन्न असम्भव, लिजमार्फत थप्न निर्देशन दिएका छौँ : मन्त्री पौडेल

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले लिज

निर्माण क्षेत्रलाई विशेष मूल्य समायोजन गर्ने सरकारको निर्णय

काठमाडौं– निर्माण क्षेत्रलाई विशेष मूल्य समायोजन गर्ने निर्णय सरकारले गरेको

सन् २०२६ को चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार ‘अप्टोजेनेटिक्स’ का खोजकर्ताहरूलाई प्रदान गरिने

एजेन्सी– क्यारोलिन्स्का इन्स्टिच्युटको नोबेल एसेम्ब्लीले सन् २०२६ को शरीरक्रियाविज्ञान वा

तयारी पोशाक निर्यात बढाउन नीतिगत र कानुनी सुधारको माग

काठमाडौँ- नेपाल तयारी पोशाक उद्योग संघले तयारी पोशाक क्षेत्रलाई दिगो,