खुलामञ्चबारे प्रधानमन्त्रीको टिप्पणीलाई ‘तुच्छ’ भन्न मिल्दैन : प्रवक्ता पोखरेल « Khabarhub

खुलामञ्चबारे प्रधानमन्त्रीको टिप्पणीलाई ‘तुच्छ’ भन्न मिल्दैन : प्रवक्ता पोखरेल


१९ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- खुलामञ्चबारे प्रधानमन्त्रीको टिप्पणीलाई लिएर सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित पोखरेलले प्रष्टीकरण दिएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रवक्ता पोखरेलले प्रष्टीकरण दिएका हुन् ।

पोखरेलले प्रधानमन्त्रीको उक्त टिप्पणी ‘तुच्छ’ भन्न नमिल्ने बताए । पोखरेलका अनुसार प्रधानमन्त्रीले महानगरको मेयर हुँदा बनाएको खुलामञ्चको सन्दर्भलाई लिएर मात्र अभिव्यक्ति दिएका हुन् ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सत्रमा आइतबार विभिन्न राजनीतिक दलका नेताहरूले सरकारको आलोचना गरेपछि प्रधानमन्त्री वालेन्द्र शाहले सामाजिक सञ्जालमा टिप्पणी गरेका थिए । सामाजिक सञ्जालमा उनले ‘धन्न खुला मञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन् !’ भन्दै टिप्पणी गरेका थिए ।

प्रकाशित मिति : १९ आश्विन २०८३, सोमबार  ४ : ४२ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४