पाकिस्तानको पञ्जाबमा महिला दुर्व्यवहारका घटना उच्च « Khabarhub

पाकिस्तानको पञ्जाबमा महिला दुर्व्यवहारका घटना उच्च


१९ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानको पञ्जाब प्रान्तमा सन् २०२१ देखि २०२५ सम्मको पाँच वर्षको अवधिमा महिला तथा बालिकामाथि हुने हिंसाका १ लाख ९५ हजार ७ सय ८७ वटा घटना दर्ता भएका छन् । पिस एण्ड जस्टिस नेटवर्कद्वारा हालै सार्वजनिक गरिएको राष्ट्रिय लैङ्गिक हिंसासम्बन्धी अपराध प्रतिवेदन २०२१–२५ अनुसार सो अवधिमा पाकिस्तानभरि दर्ता भएका कुल लैङ्गिक हिंसाका घटनामध्ये करिब ८२ प्रतिशत हिस्सा एक्लो पञ्जाब प्रान्तको रहेको छ ।

प्रतिवेदनअनुसार पञ्जाबमा घरेलु हिंसाका १४ हजार ८ सय २४ वटा घटना घटेका छन्, जसमा ३ हजार ७ सय ४६ जना महिलाको हत्या भएको छ । यसबाहेक, प्रान्तमा ८ सय ३० वटा इज्जतका नाममा हत्या (अनर्स किलिङ) र ४ सय ४२ वटा शरीर जलाउने घटनाहरू रेकर्ड गरिएका छन्, जसमा १ सय ४३ वटा एसिड आक्रमण र २ सय ९९ वटा स्टोभ पड्किएर वा आगोले जलेका घटना समावेश छन् ।

यसैगरी, यौन हिंसा पनि अर्को ठूलो समस्याको रूपमा देखिएको छ । यस अवधिमा यौन हिंसाका २० हजार ५ सय ६० वटा घटना बाहिर आएका छन्, जसमा १६ हजार ८ सय २७ वटा बलात्कार, २ हजार १ सय ८३ वटा सामूहिक बलात्कार, १ सय ८९ वटा हिरासतमा भएका यौन हिंसा र १ सय ३६१ वटा नजिकका नातेदारबाट भएका दुर्व्यवहार (इन्सेस्ट) का घटना रहेका छन् । पञ्जाबमा सबैभन्दा बढी अपहरण तथा शरीर बन्धकका घटनाहरू दर्ता भएका छन्, जहाँ २०२१ देखि २०२५ को बीचमा ९० हजार ९ सय ६५ वटा अपहरणका उजुरी परेका थिए। प्रतिवेदनमा वर्गीकरण नगरिएका अन्य विविध प्रकृतिका ६८ हजार १ सय ६५ वटा लैङ्गिक हिंसाका घटनासमेत रेकर्ड गरिएको जनाइएको छ ।

पञ्जाबमा महिला हिंसाका घटनाहरू वर्षैपिच्छे बढ्दै गएको तथ्यांकले देखाएको छ। सन् २०२१ मा २३ हजार ३२ वटा घटना रेकर्ड भएकोमा २०२२ मा बढेर २८ हजार ८० पुगेका थिए भने २०२३ मा यो संख्या ३५ हजार २ सय ३८ मा पुग्यो। त्यसपछि सन् २०२४ मा घटनाहरूमा अत्यधिक वृद्धि भई ५२ हजार ८ सय २४ पुगे भने २०२५ मा यो संख्या ५६ हजार ६ सय १३ मा पुगेको छ।

प्रकाशित मिति : १९ आश्विन २०८३, सोमबार  ४ : ५० बजे

 सभामुखसँग अमेरिकी कावा राजदूत शिष्टाचार भेट

काठमाडौँ– सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन

सडकमै नयाँ नोटको व्यापार (तस्बिरहरू)

काठमाडौँ– रत्नपार्कस्थित फुटपाथमा दसैँका लागि सर्वसाधारण नोट साटिरहेका छन् ।

उपराष्ट्रपति यादवसँग प्रधान सेनापति सिग्देलको शिष्टाचार भेट

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग प्रधान सेनापति अशोकराज सिग्देलले शिष्टाचार भेट

पाकिस्तानी लेजेन्ड मिस्बाह-उल-हक सुदूरपश्चिम रोयल्सको प्रशिक्षक

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल टिम सुदूरपश्चिम रोयल्सले पाकिस्तानी लेजेन्ड

सरकारी सफ्टवेयर प्रणाली सुधारका लागि प्राविधिक विज्ञ माग, कात्तिक १८ सम्म आवेदन दिन सकिने

काठमाडौँ – नेपाल सरकारका निकायहरूका लागि आवश्यक सफ्टवेयर प्रणालीको विकास,