चुनाव नहुँदै अतिउत्साहित रवि, स्वर्णिमलाई भने- आगामी वर्षको बजेट लेख्न थाल्नू « Khabarhub

चुनाव नहुँदै अतिउत्साहित रवि, स्वर्णिमलाई भने- आगामी वर्षको बजेट लेख्न थाल्नू


२१ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने फागुन २१ को चुनाव निश्चित नहुँदै अतिउत्साहित भएका छन् ।

उनले अर्थविद् तथा पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेलाई आगामी आर्थिक वर्षको बजेट लेख्नसमेत निर्देशन दिएका छन् ।

सोमबार राष्ट्रिय सभा गृहमा आयोजित बृहत् एकता तथा समायोजन कार्यक्रमलाई सम्बोधनका क्रममा पूर्वगृहमन्त्रीसमेत रहेका लामिछाने निकै उत्साहित देखिए । रवि जेलमा परेपछि संकटमा परेको रास्वपालाई अहिले बालेन्द्र साह र कुलमान घिसिङको प्रवेश ऊर्जा भर्ने काम गरेको छ ।

त्यही ऊर्जालाई प्रकट गर्दै लामिछानेले राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षसमेत रहेका वाग्लेलाई नयाँ आर्थिक वर्षको बजेट लेख्न थाल्न भनेका हुन्। रविले पार्टी र नेतृत्व देशको हितलाई केन्द्रमा राखेर काम गर्ने बताएका छन् ।

‘यहाँको उत्साहले मलाई यति भन्न प्रेरित गरेको छ, डा. स्वर्णिम वाग्ले यहीँ हुनुहुन्छ, उहाँले अबको बजेट लेख्न सुरु गर्नुस्’, उनले भने, ‘नेता र एउटा पार्टीका रूपमा हामीले गर्नुपर्ने काम गर्छौँ। देशलाई निकास दिन, कुशासन र भ्रष्टाचार हटाउन आवश्यक सबै कदम चाल्छौँ ।’

लामिछानेले सभागृहको हलदेखि अहिले नेपाली राजनीतिमा देखिएको अवस्था ‘ट्रेलर’ मात्रै भएको बताए । उनले रास्वपाको वास्तविक कार्यसम्पादन अझै देखिन बाँकी रहेको पनि जिकिर गरे ।

सहकारी ठगीका नाममा आफूमाथि प्रतिशोध भएको बताउँदै उनले आफू त्यस्तो बाटोमा नलाग्ने बताए । ‘हामी काम गरेर देखाउँछौँ, तर प्रतिशोधका आधारमा होइन’, उनले भने, ‘प्रतिशोधको श्रृंखला मैले नख्खु कारागारमै छोडेर आएको छु । ममाथि अझै दबाब छन्, तर चिन्ता लिएको छैन। जेलबाटै पनि भ्रष्टाचारविरुद्ध बोल्ने मान्छे हो म।’

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  ७ : ५१ बजे

जेन-जी आन्दोलनको शहीद परिवारका सदस्यलाई विद्युत प्राधिकरणमा जागिर

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले सरकारको निर्णय बमोजिम गत भदौ

म्यादी प्रहरीले कति पाउनेछन् सुविधा ?

काठमाडौं – नेपाल प्रहरीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक

व्यक्तित्व सिध्याउन ‘एजेन्ट’ उपाधिको आतंक

भदौ २३–२४ मा जेन–जीले गरेको आन्दोलन केवल एउटा क्षणिक असन्तोषको

२०२६: दीपिका पादुकोण र आलिया भट्टको स्टारडमको निर्णायक परीक्षा

काठमाडौं – बलिउडका दुई शीर्ष अभिनेत्री दीपिका पादुकोण र आलिया

नेकपा इलाम इन्चार्ज शर्माद्वारा पार्टी परित्याग, प्रलोपा प्रवेश गर्ने तयारी

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा इलाम जिल्ला