भेनेजुएलाका राष्ट्रपति मदुरोलाई न्युयोर्क संघीय अदालत लगियो « Khabarhub

भेनेजुएलाका राष्ट्रपति मदुरोलाई न्युयोर्क संघीय अदालत लगियो


२१ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भेनेजुएलाबाट जबर्जस्ती ल्याइएका राष्ट्रपति निकोलस मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई सोमबार, ५ जनवरीमा कडा सुरक्षाको घेरामा न्युयोर्कको संघीय अदालत ल्याइएको छ । ६३ वर्षीय मादुरोमाथि नशालु औषधिको तस्करी र आतंकवादका गम्भीर आरोपहरू अमेरिकाले लगाएको छ ।

शनिबार बिहान अमेरिकी एलिट फोर्सहरूले हेलिकोप्टर र लडाकु विमानहरूको सहयोगमा भेनेजुएलाको राजधानी काराकासमा सैन्य अभियानमार्फत उनीहरूलाई गिरफ्तार गरेका थिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अब भेनेजुएलाको कमान्ड अमेरिकाको हतामा रहेको स्पष्ट पारेका छन् र त्यहाँ चुनाव गराउने कुरा अहिले हतार हुने बताएका छन् ।

यो सैन्य कारबाहीका क्रममा काराकासमा ठूलो रक्तपात भएको बताइएको छ । भेनेजुएलाका रक्षामन्त्री भ्लादिमीर पाड्रिनो लोपेजका अनुसार, अमेरिकी आक्रमणमा मादुरोको सुरक्षा टोलीका अधिकांश सदस्यहरू, सैन्य कर्मचारीहरू र धेरै नागरिकहरू मारिएका छन् ।

यद्यपि, भेनेजुएलाको सेनाले अब कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजलाई मान्यता दिएको छ र जनतासँग शान्ति कायम राख्न अपील गरेको छ ।

अर्कोतर्फ, काराकासका सडकहरूमा तनाव कायमै छ । आइतबार, ४ जनवरीमा मादुराका लगभग २,००० समर्थकहरूले झण्डा र हतियारहरू बोकेर र्‍याली निकालेर यो कारबाहीको विरोध गरेका छन् ।

अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले अमेरिकाको ध्यान अहिले भेनेजुएलाका तेल स्रोतहरूमा नियन्त्रण र सुरक्षा व्यवस्थालाई सुधार्नेमा रहेको संकेत गरिसकेका छन् ।

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  ९ : २९ बजे

विशेष महाधिवेशनबाट कांग्रेसको नेतृत्व परिवर्तन कति सम्भव ?

काठमाडौं– यतिबेला देशकै ठूलो पार्टी नेपाली कांग्रेसको विशेष महाधिवेशनको विषय

निषाद जातिको रिटमा सर्वोच्चले माग्यो लिखित जवाफ 

काठमाडौं– सर्वोच्च अदालतले निषाद जातिलाई आरक्षण कोटा निर्धारण गर्न आदेश

बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी

जानकी– जिल्ला प्रशासन कार्यालय बाँकेले आमाको नामबाट पहिलो पटक नागरिकता

‘विशेष महाधिवेशनकै दिन पार्टी कार्यालयमा भेला राखेर संस्थापन पक्षले मुठभेड गर्न खोज्यो’

काठमाडौं– नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षले आफुहरुले विशेष महाधिवेशन राखेकै

नायक प्रवीणलाई एकल फिचर्ड गरी ‘शिवांंश’को टिजर सार्वजनिक

काठमाडौं – नायक प्रवीण खतिवडा शीर्ष भूमिकामा रहेको फिल्म ‘शिवांश’को