‘निर्वाचन आचारसंहिता अनुगमन अधिकृत’को जिम्मेवारी प्रभावकारी रूपमा गर्न गृहको निर्देशन  « Khabarhub

‘निर्वाचन आचारसंहिता अनुगमन अधिकृत’को जिम्मेवारी प्रभावकारी रूपमा गर्न गृहको निर्देशन 


२२ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्वाचन आयोगले ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई निर्वाचन आयोगले ‘निर्वाचन आचारसंहिता अनुगमन अधिकृत’को जिम्मेवारी तोकिएको हुँदा प्राप्त जिम्मेवारीलाई प्रभावकारी रूपमा निर्वाह गर्न गृह मन्त्रालयले बुधवार सबै सहायक प्रमुख जिल्ला अधिकारीहरूलाई एक विज्ञप्ति जारी गर्दै निर्देशन दिएको छ।

२०८२ फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी एवम् विश्वसनीयरुपमा सम्पन्न गर्न निर्वाचन आयोगले आचार संहिता, २०८२ लागू गरिसकिएको छ।

गृह सचिव राजकुमार श्रेष्ठद्वारा जारी एक विज्ञप्तिमा जिल्लाका सबै सहायक प्रमुख जिल्ला अधिकारीहरूलाई आयोगले प्रदान गरेको निर्वाचन आचारसंहिता अनुगमन अधिकृतको जिम्मेवारी प्रभावकारी ढङ्गमा निर्वाह गर्न निर्देशन दिएको हो।

विज्ञप्तिमा भनिएको छ– ‘आयोगद्वारा प्रदान गरिएको यस जिम्मेवारीलाई कार्यान्वयन गर्न गराउन निष्पक्ष र निर्भीक भई कार्य गर्नुहुनेछ भन्ने विश्वास गृह मन्त्रालयले लिएको छ र सबै निर्वाचन आचारसंहिता अनुगमन अधिकृतको रूपमा सम्पादित कार्यहरूको प्रतिवेदन मन्त्रलयमा समेत उपलब्ध गराउन अनुरोध गर्दछ।’

जिल्लास्तरमा आचारसंहिता पालना गर्न गराउन आयोगले सहायक प्रमुख जिल्ला अधिकारीलाई जिल्लाको आर्थिक विषय क्षेत्र बाहेकका अन्य विषयमा निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकेको स्पष्ट पारेको छ।

प्रकाशित मिति : २२ माघ २०८२, बिहीबार  ११ : २७ बजे

रविले संसद्‍बाट भने : बाढीपीडितलाई गाली, साइबर बुलिङ र अपमान गर्ने अन्धसमर्थक रास्वपालाई चाहिँदैन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् बैठकमा सम्बोधन

सरकार सुशासनको स्पिडमा दैडिन खोज्छ के नमिलेर हो, अदालतले झ्याप्-झ्याप् ब्रेक लगाइदिन्छ : रमेश प्रसाईं

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रमेश प्रसाईंले जेन-जी आन्दोलनका सहिदप्रति श्रद्धाञ्जली

संसद्मा पुगेका प्रधानमन्त्रीलाई प्रश्न : गाह्रो भइसक्यो, ग्यास कहिले पाइन्छ ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् बैठकमा सम्बोधन गर्दा

रविले सम्बोधन गर्दा संसद्मा देखिए प्रधानमन्त्री वालेन्द्र

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् बैठकमा सम्बोधन

भारतमा १३१ करोड कमाएको ‘हनुमान अंश’ अब नेपाली हलमा

काठमाडौं– बलिउडमा ठूलो बजेट, चर्चित स्टारकास्ट र आक्रामक प्रचारबिना फिल्म