पूर्व चिनियाँ न्यायमन्त्रीलाई आजीवन कारावासको सजाय « Khabarhub

पूर्व चिनियाँ न्यायमन्त्रीलाई आजीवन कारावासको सजाय


२२ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चीनमा पूर्वन्यायमन्त्रीलाई आजीवन कारावसको सजाय सुनाइएको छ । अदालतले पूर्वचिनियाँ न्यायमन्त्री ताङ यिजुनलाई आजीवन कारावासको सजाय सुनाएको हो ।

झण्डै २ करोड अमेरिकी डलर घुस लिएको अभियोगमा दोषी ठहर गर्दै उनलाई कारावासको सजाय सुनाइएको हो । ६४ वर्षीय ताङ सन् २०२० देखि २०२३ सम्म चीनको न्यायमन्त्री थिए । त्यसअघि उनले लियाओनिङ प्रान्तको गभर्नर र निङ्बो शहरको चिनियाँ कम्युनिष्ट पार्टी प्रमुखको भूमिका पनि निभाएका थिए ।

उनले सन् २००६ देखि २०२२ सम्म पदको दुरुपयोग गरी विभिन्न संस्था तथा व्यक्तिलाई लाभ पुर्‍याएको सियामेन मध्यवर्ती जनअदालतले जनाएको छ । सो क्रममा उनले १३ करोड ७० लाख युआन अर्थात् १ करोड ९७ लाख डलर घुस लिएको अदालतको ठहर छ ।

सत्तामा आएदेखि राष्ट्रपति सी जिन्पिङले चीनमा भ्रष्टाचारविरोध विशेष अभियान सञ्चालन गर्दै आएका छन् । आलोचकहरुले भने राष्ट्रपति सीले आफ्ना प्रतिस्पर्धीलाई तह लगाउनका लागि यस अभियानको राजनीतिक दुरुपयोग गरेको आरोप लगाउने गरेका छन् ।

प्रकाशित मिति : २२ माघ २०८२, बिहीबार  ४ : ४६ बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको