निर्वाचनको दिन पनि हेलिकप्टर फर्काएर चर्चा बटुले बालेनले « Khabarhub

निर्वाचनको दिन पनि हेलिकप्टर फर्काएर चर्चा बटुले बालेनले


२१ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


999
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधिसभाको निर्वाचनका दिन पनि राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ले चर्चा बटुल्न खोजेको देखिएको छ ।

काठमाडौंमा मतदान गरेर झापास्थित निर्वाचन क्षेत्र जान हेलिकप्टर चढेका उनी सुरक्षाको बनावटी कारण देखाउँदै बीच बाटै फर्किए ।

ओखलढुंगा आसपास पुगेको हेलिकप्टर फर्काएर उनले सामाजिक सञ्जाल र सञ्चारमाध्यमबाट चर्चा बटुल्न खोजेका हुन् ।

शाहले बुधबार नै काठमाडौंदेखि झापा जान हेलिकप्टर प्रयोग गर्ने अनुमति पाएका थिए ।

त्यहीअनुसार उनले बिहीबार बिहान काठमाडौंमा मतदान गरेपछि झापा जान एभरेस्ट हेलीको हेलिकप्टर प्रयोग गरेर झापातर्फ उडेका थिए ।

तर, उनी चढेको हेलिकप्टर ५२ नटिकल माइल पर पुगेपछि झापा नपुगी त्रिभुवन विमानस्थलमै फर्किएको हो ।

बालेनका सहयोगी कुमार बेनले हेलिकप्टरबाट झापा जाने क्रममा सुरक्षाप ‘इस्यु’ देखाएर ल्यान्ड नगर्न भनेपछि फर्किएको सञ्चारमाध्यमलाई बताएका छन् ।

‘खासमा हामी हिजै अनुमति लिएर जाने क्रममा थियौँ, अनि त्यहाँ सेक्युरिटी इस्युले यता ल्यान्ड नगर्दिनु, तपाईंलाई मात्रै होइन, यता पनि समस्या पर्ने भयो भनेर रिक्वेस्ट गर्नुभयो, त्यही रिक्वेस्टका आधारमा हामी फर्केको हो’, बेनले भनेका छन् ।

तर, झापाका सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईंले भने आफूहरूले बालेन्द्रको हेलिकप्टर आउने जानकारी पाएर प्रतिक्षा गरेको बताए ।

तर बालेनहरू एक्कासि बीच आकाशबाटै फर्किएको जानकारी पाएको उनले उल्लेख गरे । उनले सुरक्षा संयन्त्रको तर्फबाट बालेनलाई काठमाडौं फर्काउनुपर्ने कुनै कारण नभएको बताए । सुरक्षा प्रशासनले हेलिकप्टर त्यसरी नफर्काइएको पनि उनले खबरहबलाई बताएका छन् ।

‘हल्ला चाहिँ फर्काएको भनेर सुन्यौँ, फर्काएको होइन, ल्यान्ड नै नभई कहाँ फर्काउनु, ल्यान्ड हुँदैछ भनेर हामी यहाँ तयारी गर्दै थियौँ’, उनले भने, ‘कुनै सुरक्षा थ्रेट छैन, उहाँ आउनु नै भएन, के को सुरक्षा थ्रेट ? यति सुरक्षा व्यवस्था गरेका छौँ, देशका अन्य भागबाट पनि प्रहरी जति झापामा झारेको छ ।’

नेपाल नागरिक उड्डयन प्राधिकरण काठमाडौं विमानस्थलका प्रवक्ता सान्तुसा कुमार बस्नेतले पनि हेलिकप्टर प्राविधिक समस्याका कारणले नफर्केको बताए । उनले हेलिकप्टर भाडामा लिएको पक्षकै अनुरोधमा बीच बाटोबाट फर्किए आफूहरूले जानकारी पाएको बताए ।

‘हामीलाई जानकारी गराएअनुसार हेलिकप्टर उहाँहहरूकै आग्रहअनुसार डाइभर्ट गरियो, त्यसलाई अपरेशन रिक्वायरमेन्ट भनिएको छ’, उनले भने । त्यसो गर्नु भनेको भाडामा लिएको पक्षले उडेकै गन्तव्यमा फर्किनुपर्ने आवश्यकता देखाएर फर्काइएको उनले बताए ।

विशेषगरी ने‍कपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई हराउनैका लागि झापा ५ पुगेर बालेनले उम्मेदवारी दिएका हुन् । त्यसपछि झापा-५ चर्चा र प्रतिस्पर्धाको केन्द्रमा बनेको छ ।

उक्त निर्वाचन क्षेत्रमा जित हासिल गर्न ओलीसहित अन्य उम्मेदवारले पनि नयाँ–नयाँ विधि प्रयोग गरेर प्रचार–प्रसार गरेका थिए । ओलीले यस पटक देशका अन्य क्षेत्रमा नगएर आफूलााई झापा ५ मै केन्द्रित गराए ।

तर, सामाजिक सञ्जालको प्रयोगमा चतुर बालेनले चुनावकै दिन पनि सुरक्षाको कारण देखाउँदै हेलिकप्टर फर्काएर थप चर्चा बटुल्न सफल भएका छन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार  १ : ५५ बजे

सुदूरपश्चिममा ३८ दशमलव ४ प्रतिशत मतदान

सुदूरपश्चिममा– प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि सुदूरपश्चिममा दिउँसो २ः३० बजेसम्म ३८

काठमाडौं र भक्तपुरमा मतदान गर्दै मतदाताहरू (तस्बिरहरू)

काठमाडौं– केही स्थानमा बाहेक देशभर शान्तिपूर्ण वातावरणमा उत्साहपूर्वक मतदान जारी छ।

परिवर्तनको आशा बोकेर मतदान

काठमाडौं– डिल्ली बजारस्थित पद्मकन्या विद्या आश्रम मतदान केन्द्रबाट भोट हालेर

बस्ती स्थानान्तरणको माग राख्दै दाङको २ मतदान केन्द्रका मतदाताले गरे निर्वाचन बहिष्कार

काठमाडौं– लामो समयदेखि बस्ती स्थानान्तरणको माग राख्दै आएका दाङको दुई

दश दिने शिशु च्यापेरै मतदान गर्न पुगिन् रञ्जु दर्शना

काठमाडौं- देशभर चुनावी माहोल तातिइरहेका बेला काठमाडौं क्षेत्र नम्बर १