दोलखाको मालुमा साँझ परेपछि अघि बढ्यो मतदान, खोज्न थालियो मतदाता « Khabarhub

दोलखाको मालुमा साँझ परेपछि अघि बढ्यो मतदान, खोज्न थालियो मतदाता


२१ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


348
Shares
  • change font
  • change font
  • change font

दोलाखा- देशका अन्य ठाउँमा मतदान सकिइसक्दा दोलखाको तामाकोशी गाउँपालिका वडा नम्बर ४ स्थित मालुको गोल्मेश्वर मावि मतदानस्थलमा अहिले मतदान भइरहेको छ ।

बिहीबार बिहान मतदान सुरु हुनेबित्तिकै ५६ बुक मतपत्र लुटिएपछि रोकिएको मतदान अहिले अघि बढेको हो ।

प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान सुरू भएलगत्तै मतदानस्थलमा खटिएका कर्मचारीलाई हातपात गर्न खोज्दै एउटा समूहले उक्त मतपत्र लुटेको थियो।

नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले भने उक्त काममा नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीका कार्यकर्ताको संलग्नता रहेको आरोप लगाएका थिए ।

बिहानैदेखि जारी विवाद साँझ मात्रै साम्य भएपछि मतदान अघि बढेको छ। सर्वदलीय बैठक बसेर मतदान सुरू गर्ने सहमति गरेपछि मतदाता खोज्न थालिएको छ।

हराएको मतपत्रको खोजी गरिए पनि मतपत्र नभेटिँदा मतदान अर्को दिनलाई सार्नुपर्ने अवस्था आएको थियो । तर अहिले त्यहाँ फेरि मतदान अघि बढाइएको हो ।

बुथ कब्जा गर्न मतपत्रको बुक नै लिएर हिँडेकानेपाली कांग्रेसका वडा सदस्य यज्ञबहादुर श्रेष्ठ, तामाकोशी गाउँपालिकास्थित तरुण दलका अध्यक्ष अनिल श्रेष्ठ र नेकपाका नेता अर्जुन योगीविरुद्ध मुद्दा चल्ने भएको छ।

मतपत्र लुटपाटमा संलग्न यी तीनजनाको पहिचान भएको छ । अरू चारजना पनि नियन्त्रणमा छन् । उनीहरूलाई रिहा गर्ने तयारी प्रहरीको छ। मतपत्र लुटपाटको आरोप लागेका कांग्रेस र नेकपाले स्थानीय नेताहरूलाई तत्काल छाड्न भनेका छन्।

विवाद नमिलेपछि मतदानको अर्को मितिका लागि मतदान अधिकृतले अर्को मिति तोक्न भनिएको थियो । तर अहिले सहमति भएर मतदान अघि बढेपछि मतदातालाई माइकिङ गर्दै बोलाइँदैछ ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार  ५ : ३० बजे

मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं- मन्त्रिपरिषद् बैठक सुरु भएको छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री

आफ्नै पार्टीको सरकारसँग रास्वपा महामन्त्री असन्तुष्ट

काठमाडौं- सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिन आचार्यले प्रतिनिधिसभामा

फाइनान्स कम्पनीहरूको वित्तीय सूचक : यस्तो छ, पुँजी पर्याप्तता, खराब कर्जा र सिडि रेसियोको अवस्था

काठमाडौं– नेपाल राष्ट्र बैंकले विसं. २०८३ असार मसान्तसम्मको अपरिस्कृत वित्तीय प्रतिवेदनका

बाँकेमा १९३ कुष्ठरोगी भेटिए

राँझा– गत आर्थिक वर्ष ०८२-०८३ मा १९३ नयाँ कुष्ठरोगी फेला

रास्वपाकै अमरेशले भने- यो सरकार सिंहदरबारबाट होइन, हुकुमी र गुण्डा शैलीमा चलिरहेको छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले वर्तमान