प्रतिनिधिसभा सदस्य निर्वाचन : शान्तिपूर्ण रुपमा सम्पन्न « Khabarhub

प्रतिनिधिसभा सदस्य निर्वाचन : शान्तिपूर्ण रुपमा सम्पन्न


२१ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– छिटपुट सामान्य घटनाबाहेक प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान आज देशभर शान्तिपूर्ण र उत्साहपूर्वक सम्पन्न भएको छ ।

निर्वाचन आयोगद्वारा निर्धारित समयअनुसार बिहान ७ः०० बजेदेखि सुरु भएको मतदान साँझ ५ः०० बजे सम्पन्न भएको हो । आयोगका आयुक्त डा. जानकीकुमारी तुलाधरले मत दिने समय साँझ ५ः०० बजेसम्म भए पनि मतदानस्थलको लाइनमा रहेर मत दिन बाँकी मतदाताले त्यसपछि पनि मतदान गर्न सक्ने बताइन्।

आयोगका अनुसार अहिलेसम्म कुनै पनि मतदान केन्द्रको मतदान औपचारिक रुपमा स्थगनको घोषणा भएको छैन । दोलखा, सर्लाही र रौतहटमा केहीबेर विवाद समाधान भएको थियो । केहीबेर मतदान स्थगनपछि दोलखाको तामाकोशी–४ स्थित मालु मतदानस्थलमा अहिले पनि मतदान जारी छ । मतदानको विस्तृत विवरणबारे आज साँझ ६ः१५ बजे आयोगले पत्रकार सम्मेलन गरेर जानकारी गराउने जनाएको छ ।

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) तर्फ ६१ वटा निर्वाचन चिह्नमा ६५ वटा राजनीतिक दलले प्रतिस्पर्धामा छन् । प्रत्यक्षतर्फ तीन हजार १७ पुरुष, ३८८ महिला र एक अन्य गरी तीन हजार ४०६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

समानुपातिक निर्वाचन प्रणालीतर्फ एक हजार ३६३ पुरुष र एक हजार ७७२ महिला गरी तीन हजार १३५ उम्मेदवार प्रतिस्पर्धामा छन् । प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि निर्वाचन भएको हो ।

यस निर्वाचनमा ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० अन्य गरी एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता छन् । निर्वाचनमा एक लाख ८६ हजार १४२ अस्थायी मतदाता कायम छन् ।

निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएको थियो । १४३ अस्थायी मतदानस्थल तय भएका थिए । ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अशक्त र गर्भवतीलगायतलाई सहज मतदानका लागि प्राथमिकता दिने व्यवस्था गरिएको थियो ।

निर्वाचन सुरक्षाका लागि ७९ हजार ७२७ नेपाली सेना, ७५ हजार ७९७ नेपाल प्रहरी, ३४ हजार ५६७ सशस्त्र प्रहरी बल, एक हजार ९२१ राष्ट्रिय अनुसन्धान र एक लाख ४९ हजार ९० निर्वाचन प्रहरी खटिएका थिए।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार  ५ : ३४ बजे

बारामा आजै रातिबाट मतगणना तयारी, करिब ६० प्रतिशत मतदान

बारा – बारामा बिहीबार सम्पन्न निर्वाचनपछि आजै रातिबाट मतगणना सुरु

टी–२० विश्वकप : फाइनलमा पुग्न भारतले इंग्ल्यान्डलाई दियो २५४ रनको विशाल लक्ष्य

काठमाडौं – आइसीसी टी–२० विश्वकपको दोस्रो सेमिफाइनलमा भारतले आक्रामक ब्याटिङ

नेपालमा निर्वाचन सफलतापूर्वक सम्पन्न भएपछि भारतले गर्‍यो प्रशंसा

काठमाडौं – भारतले नेपालमा बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनलाई स्वागत गर्दै

सर्लाहीमा यसरी गरिँदै छ मतपेटिका संकलन (तस्बिरहरू)

सर्लाही – सर्लाहीको निर्वाचन क्षेत्र नम्बर ४ को मतपेटिका संकलन

नेपालमा शान्तिपूर्ण निर्वाचन भएको भन्दै अमेरिकाले दियो बधाई

काठमाडौं – नेपालमा प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको भन्दै