६० प्रतिशत मतदान भएको आयोगको अनुमान « Khabarhub

६० प्रतिशत मतदान भएको आयोगको अनुमान


२१ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्वाचन आयोगले आज सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा ५५ देखि ६० प्रतिशतसम्म मतदान भएको अनुमान गरेको छ।

आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार साँझ ५ बजेसम्म देशभर मतदान जारी रहेकाले अन्तिम विवरण संकलन भइरहेको छ। तोकिएको समयसम्म मतदान केन्द्र पुगेका र लाइनमा बसेका मतदाताले मतदान गरिरहेका छन्।

घिमिरेले हालसम्म देशभरबाट प्राप्त प्रारम्भिक विवरणका आधारमा ५५ देखि ६० प्रतिशतसम्म मतदान भएको अनुमान गरिएको बताए। उनका अनुसार विभिन्न जिल्लाबाट विवरण आउने क्रम जारी रहेकाले यकिन प्रतिशत सार्वजनिक गर्न केही समय लाग्नेछ।

दिउँसो ३ बजेसम्मको तथ्यांक हेर्दा ४० देखि ४५ प्रतिशत मतदान भएको थियो। सोही दरलाई आधार मान्दा र पछिल्लो अद्यावधिक विवरणका आधारमा ५५ देखि ६० प्रतिशतको हाराहारीमा मतदान हुने अनुमान गरिएको उनले जानकारी दिए।

उनले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको पनि बताए। अन्तिम विवरण करिब एक घण्टाभित्र सार्वजनिक गरिने आयोगको तयारी छ।

देशभर १ करोड ८९ लाख ३,६८९ जना मतदाता छन्। आएका अनुसार बिहान ७ बजेदेखि भएको मतदान शान्तिपूर्ण रुपमा सम्पन्न हुन लागेको छ। 

२०७९ को निर्वाचनमा ६१ प्रतिशत मतदान भएको थियो २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा ६७.६३ मतदान भएको थियो। 

२०७९ को स्थानीय तह निर्वाचनमा भने ६६.८६ प्रतिशत मतदान भएको आयोगको तथ्याङ्क छ। विगतको मतदानभन्दा यसपटकको मतदानमा उल्लासपूर्ण जनताको सहभागिता नभएको देखिन्छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार  ५ : ५८ बजे

बारामा आजै रातिबाट मतगणना तयारी, करिब ६० प्रतिशत मतदान

बारा – बारामा बिहीबार सम्पन्न निर्वाचनपछि आजै रातिबाट मतगणना सुरु

टी–२० विश्वकप : फाइनलमा पुग्न भारतले इंग्ल्यान्डलाई दियो २५४ रनको विशाल लक्ष्य

काठमाडौं – आइसीसी टी–२० विश्वकपको दोस्रो सेमिफाइनलमा भारतले आक्रामक ब्याटिङ

नेपालमा निर्वाचन सफलतापूर्वक सम्पन्न भएपछि भारतले गर्‍यो प्रशंसा

काठमाडौं – भारतले नेपालमा बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनलाई स्वागत गर्दै

सर्लाहीमा यसरी गरिँदै छ मतपेटिका संकलन (तस्बिरहरू)

सर्लाही – सर्लाहीको निर्वाचन क्षेत्र नम्बर ४ को मतपेटिका संकलन

नेपालमा शान्तिपूर्ण निर्वाचन भएको भन्दै अमेरिकाले दियो बधाई

काठमाडौं – नेपालमा प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको भन्दै