भक्तपुर – प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचन अन्तर्गत भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ को मतगणना आज रातिदेखि सुरु हुने भएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतगणना राति ११ बजेदेखि प्रारम्भ गरिनेछ ।
प्रतिनिधिसभा सदस्य चयनका लागि बिहीबार मतदान सम्पन्न भएको थियो । भक्तपुर जिल्लामा प्रतिनिधिसभाका लागि दुई वटा निर्वाचन क्षेत्र रहेका छन् ।
भक्तपुर–२ मा नेकपा एमालेबाट महेश बस्नेत, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट राजीव खत्री र नेकपाबाट रामप्रसाद सापकोटा लगायतका उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् । मतगणना सुरु भएसँगै उक्त क्षेत्रमा कसले अग्रता लिने भन्नेबारे चासो बढेको छ ।













प्रतिक्रिया