निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार तीन सय लाभान्वित « Khabarhub

निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार तीन सय लाभान्वित


२२ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

गुल्मी– गुल्मी जिल्लाको मालिका गाउँपालिका–७ घमिरमा शनिबार सञ्चालन गरिएको निःशुल्क औषधिसहितको बृहत् स्वास्थ्य शिविरबाट एक हजार ३०० नागरिकले लाभान्वित भएका छन् ।

खेलकुद तथा सांस्कृतिक युवा क्लबको आयोजना तथा वडा कार्यालयको समन्वयमा घमिर स्वास्थ्यचौकीमा उक्त शिविर सञ्चालन गरिएको थियो ।

क्लबका सचिव गोविन्द कार्कीका अनुसार शिविरमा एक सय ३८ जनाले ‘भिडियो एक्सरे’ तथा एक सय पाँच जनाले ‘इसिजी’ गराएका थिए । त्यस्तै, मधुमेह, रक्तचाप, थाइराइड, बाथ, दम, पेट, छाती तथा मुटुरोग, महिला तथा स्त्रीरोग, हाडजोर्नी, आँखा तथा नाक, कान, घाँटीसम्बन्धी रोगको विशेषज्ञ सेवा पनि उपलब्ध गराइएको थियो ।

शिविरमा चिकित्सकहरू डा. रमेश अर्याल, डा. सुनिल सुनार, डा. सुमन आचार्य, डा. सन्तोष बस्नेत, डा. विजय पाण्डे, डा. आशिष भुर्तेल र डा. सन्तोष पाण्डेलगायतले बिरामीको स्वास्थ्य परीक्षण गर्नुका साथै बिरामीलाई परामर्श दिएका थिए ।

आयोजक संस्थाका सल्लाहकार मनोज कार्कीले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा पहुँच अझै सीमित रहेकाले यस्ता शिविरले स्थानीयवासीलाई ठूलो राहत पुगेको बताए ।

शिविरमा सेवा लिएकी स्थानीय महिला पुतली कार्कीले गाउँमै विशेषज्ञ डाक्टरबाट सेवा लिन पाउँदा आफूलाई निकै खुसी लागेको बताइन् । पछिल्लो समयमा जिल्लामा स्थानीय पालिका र सङ्घसंस्थाले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न यस्ता प्रकारका शिविरलाई निरन्तरता दिँदै जान थालेका छन् ।

प्रकाशित मिति : २२ चैत्र २०८२, आइतबार  ११ : ३४ बजे

जनादेश प्राप्त सरकार असफल हुने छुट छैन : उपसभापति शर्मा 

झापा– नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले जनताको भारी बहुमत

सिन्धुलीमा जीप दुर्घटना हुँदा पाँचजना घाइते, एकको अवस्था गम्भीर

सिन्धुली– दुधौली नगरपालिका-३, झुंगा स्थित मदन भण्डारी राजमार्गमा जीप दुर्घटना

२६ वर्षपछि हेटौँडा कपडा उद्योग चलाउन यसरी हुँदैछ परीक्षण उत्पादन (तस्बिरहरू)

काठमाडौं– सरकारले २६ वर्षदेखि बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालन

दशौँ राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटमा आर्मीविरुद्ध एनआरएनएले गुमायो सातौँ विकेट

काठमाडौं- कर्णालीमा जारी दशौँ राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा अहिले

एक महिनाभित्र घुमाउने पुल निर्माण थाल्ने मन्त्री लम्सालको प्रतिबद्धता

दमौली– पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले तनहुँ र चितवन जोड्ने घुमाउने