बलात्कार आरोपपछि पक्राउ बलेलाई लगियो अदालत (तस्बिरहरू) « Khabarhub

बलात्कार आरोपपछि पक्राउ बलेलाई लगियो अदालत (तस्बिरहरू)


२२ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


417
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जबर्जस्ती करणी गरेको आरोपपछि पक्राउ परेका कलाकार सागर लम्साल (बले) लाई अदालत उपस्थित गराइएको छ ।

शनिबार कपनको बालुवाखानीस्थित घरबाट पक्राउ परेका उनलाई अहिले जिल्ला प्रहरी परिसर, भद्रकालीको हिरासतबाट आइतबार म्याद थपको लागि सरकारी वकिल कार्यलयमा लगिएको प्रहरीले जनाएको छ ।

कलाकार लम्सालमाथि अमेरिकामा रहँदै आएकी एक युवतीले बलात्कार आरोप लगाएकी थिइन् । उनले शुक्रबार बलेमाथि अमेरिकामै बलात्कार गरेको बताउँदै फेसबुकमा लेखेकी थिइन् ।

सोही आरोपबारे अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी रमेश थापाले जानकारी दिए ।

एक वर्षअघि बले अमेरिका आएको बेला आफ्नो अपार्टमेन्टमै जबर्जस्ती गरेको युवतीको दाबी छ ।

आफू सानै उमेरदेखि डिप्रेसन र एन्जाइटी डिसअर्डरसँग जुधिरहेको बेला दाइ मानेको व्यक्तिबाट घृणित कार्य भएको उनले उल्लेख गरेकी थिइन् ।

प्रकाशित मिति : २२ चैत्र २०८२, आइतबार  ३ : ४१ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि