बङ्गलादेशमा इन्धन अभावका कारण जनजीवन कष्टकर « Khabarhub

बङ्गलादेशमा इन्धन अभावका कारण जनजीवन कष्टकर


२२ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बङ्गलादेशमा इन्धन अभावका कारण जनजीवन कष्टकर बनेको छ। राजधानी ढाकाका सडकमा सवारी साधनको संख्या ह्वात्तै घटेको छ। इन्धन भर्न पम्पहरूमा दिनरात लामो लाइन लाग्ने गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सुरु गरेको युद्धका कारण इन्धन आपूर्तिमा अवरोध आएको हो। विश्वको अधिकांश कच्चा तेल ओसारपसार हुने हर्मोज स्ट्रेट बन्द भएपछि तेलको मूल्य निकै बढेको छ।

बङ्गलादेशले आफ्नो ऊर्जा आवश्यकताको ९५ प्रतिशत आयातमा निर्भर रहनुपर्छ। सरकारले अहिले सवारी साधनका लागि इन्धन रासनिङ (कोटा प्रणाली) लागू गरेको छ। डिजेल बिक्रीमा प्रतिबन्ध लगाइएको छ भने विश्वविद्यालयहरू समेत बन्द गरिएका छन्। कतिपय पम्पहरू इन्धन सकिएपछि बाँसका बार लगाएर बन्द गरिएका छन्। राजधानी बाहिर प्लास्टिकका बोतलमा महँगो मूल्यमा इन्धन बिक्री भइरहेको छ।

नयाँ निर्वाचित तारिक रहमान नेतृत्वको सरकार यो संकट समाधान गर्न प्रयासरत छ। बङ्गलादेशको वैदेशिक मुद्रा सञ्चितिमा पनि ठुलो दबाब परेको छ। देशसँग अब १० दिनका लागि मात्र इन्धन बाँकी रहेको सरकारी अधिकारीहरूले बताएका छन्। सरकारले अहिले सिङ्गापुर, मलेसिया र अस्ट्रेलिया लगायतका देशबाट इन्धन आयात गर्ने प्रयास गरिरहेको छ।

ऊर्जा मन्त्री इकबाल हसन महमुद टुकुले भने देशमा इन्धनको कुनै अभाव नरहेको दाबी गरेका छन् । तर विज्ञहरूका अनुसार अनौपचारिक गिरोहले इन्धन लुकाएका कारण समस्या थप जटिल बनेको हो । पम्पहरूमा इन्धन नपाएपछि आक्रोशित ग्राहक र कर्मचारीबीच झडपका घटना समेत हुन थालेका छन्। सरकारले बिजुली जोगाउन सरकारी कार्यालयका बत्ती र एसी बन्द गर्न निर्देशन दिएको छ।

प्रकाशित मिति : २२ चैत्र २०८२, आइतबार  ३ : १६ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि