इरानी विदेशमन्त्री अराघची एक्कासी चीन जाँदै « Khabarhub

इरानी विदेशमन्त्री अराघची एक्कासी चीन जाँदै


२२ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

तेहरान- इरानका विदेशमन्त्री अब्बास अराघचीले चीन भ्रमण गर्ने भएका छन् । उनी आजै चीन जान लागेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । द्विपक्षीय वार्ताका लागि केही बेरमा उनी बेइजिङ प्रस्थान गर्ने अल जजीराले उल्लेख गरेको छ ।

इरानी विदेश मन्त्रालयले जारी गरेको संक्षिप्त विज्ञप्ति अनुसार भ्रमणका क्रममा अराघचीले चिनियाँ समकक्षी वाङ यीसँग भेटवार्ता गर्नेछन् । सो अवसरमा दुई देशबीचको आपसी सम्बन्धका साथै क्षेत्रीय र अन्तर्राष्ट्रिय घटनाक्रमका विषयमा विस्तृत छलफल हुने बताइएको छ ।

पछिल्लो समय इजरायल र संयुक्त राज्य अमेरिकाले फेब्रुअरी २८ देखि सुरु गरेको हमलाका कारण पश्चिम एशियामा संकट गहिरिँदै जाँदा अराघची चीन जान लागेका हुन् । युद्ध अन्त्य र स्थायी शान्तिका लागि अमेरिका र इरानबीच भइरहेका वार्ताहरू अहिले पनि गतिरोधमा रहेका बेला इरानी विदेशमन्त्रीको यो भ्रमण हुन लागेको हो ।

प्रकाशित मिति : २२ बैशाख २०८३, मंगलबार  ४ : ०६ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार