राजदूत बन्न प्रधानमन्त्री बालेनलाई सचिव पुष्करको म्यासेज– ‘सहयोग पाऊँ हजुर’ « Khabarhub

राजदूत बन्न प्रधानमन्त्री बालेनलाई सचिव पुष्करको म्यासेज– ‘सहयोग पाऊँ हजुर’

'चेन अफ कमान्ड' तोडेको आरोपले प्रशासकीय वृत्तमा नयाँ तरङ्ग


२२ जेष्ठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मुख्य सचिवको दौडमा रहेका उपराष्ट्रपतिको कार्यालयका सचिव कृष्णहरि पुष्करमाथि प्रधानमन्त्री वालेन्द्र शाहको निजी नम्बरमा सिधै म्यासेज पठाएर ‘चेन अफ कमान्ड’ तोडेको आरोप लागेको छ। आगामी असार २१ गते अनिवार्य अवकाश पाउन लागेका सचिव पुष्करले बिहीबार बिहान प्रधानमन्त्री शाहलाई राजदूत नियुक्तिका लागि सिफारिस गरिदिन आग्रह गर्दै एसएमएस पठाएका थिए।

प्रधानमन्त्रीलाई पठाएको म्यासेजमा उनले लेखेका छन्, “राजदूतको निम्ति भ्याकेन्सी खुलेको छ, मैले पनि आवेदन दिन लागेको, सहयोग पाउने अपेक्षा छ हजुर !”

मुख्य सचिवका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव सुमनराज अर्यालसँगै प्रतिस्पर्धामा रहेका पुष्करले प्रशासकीय मर्यादा विपरीत सिधै प्रधानमन्त्रीलाई म्यासेज गरेपछि उनी तत्कालै छानबिनको दायरामा परेका हुन्। बिहीबार बिहान सो म्यासेज बाहिरिए लगतै उनलाई उपराष्ट्रपति कार्यालयबाटै प्रहरी झिकाएर केरकार गरिएको थियो। प्रहरीले उनीसँग बयान लिएर करिब सात घण्टापछि मात्रै मुक्त गरेको स्रोतले जनाएको छ।

प्रधानमन्त्री शाह र सचिव पुष्कर एकै जिल्ला महोत्तरीका हुन्। उनीहरूबीच लामो समयदेखि राम्रो र निकट सम्बन्ध रहँदै आएको थियो। शाह काठमाडौँ महानगरपालिकाको मेयर हुँदा पनि उनीहरूबीच बाक्लो कूटनीतिक र व्यावहारिक संवाद हुने गरेको र एकअर्काको घरमा आउजाउसमेत रहेको पारिवारिक स्रोत बताउँछन्।

पुष्कर असार २४ गते सचिव पदको पाँच वर्षे अवधि पूरा गरी अवकाश हुँदैछन् । उनी अवकाश हुनुभन्दा केही दिनपछि वर्तमान मुख्यसचिव सुमनराज अर्याल अवकाश हुँदैछन् । यसअघि राजनीतिक शक्तिको प्रयोग गर्ने बानी परेका सचिवले प्रधानमन्त्री बालेनलाई सिधै म्यासेज गर्दा केही समय हिरासतमा पुग्नु परेको हो ।

मुख्य सचिव छनोटको संवेदनशील घडीमा र राजदूत नियुक्तिको दौडधुप चलिरहेका बेला स्थापित प्रशासनिक प्रणालीलाई मिचेर गरिएको यो संवादले कूटनीतिक र शासकीय वृत्तमा नयाँ विवाद उत्पन्न गराएको छ।

प्रकाशित मिति : २२ जेष्ठ २०८३, शुक्रबार  ८ : ५३ बजे

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली