युक्रेनमा रूसी आक्रमण तीन जनाको मृत्यु « Khabarhub

युक्रेनमा रूसी आक्रमण तीन जनाको मृत्यु


२२ जेष्ठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

किएभ– युक्रेनका विभिन्न क्षेत्रमा  भएको रूसी आक्रमणमा तीन जनाको मृत्यु भएको क्षेत्रीय अधिकारीहरूले शुक्रबार बताएका छन् ।

युद्ध अन्त्य गर्ने कूटनीतिक प्रयासहरू कम भएकाले पछिल्लो समयमा मस्को र किएभले एक–अर्कालाई लक्षित गर्दै हवाई तथा ड्रोन आक्रमणहरू तीव्र पार्दै आएको जनाइएको छ ।  

युक्रेनको दक्षिणी सहर खेरसनमा भएको रूसी ड्रोन आक्रमणमा एक जना ७५ वर्षीय वृद्धको मृत्यु भएको सहरको सैन्य प्रशासनका प्रमुख यारोस्लाव सान्कोले बताएका छन् ।

जापोरिझियामा भएको अर्को ड्रोन आक्रमणमा एक जना महिलाको मृत्यु हुनुका साथै अन्य १६ जना घाइते भएको आपतकालीन सेवाले जनाएको छ ।

 रूसी ड्रोन आक्रमण तथा गोलाबारीले निप्रोपेट्रोभस्कको पाभ्लोग्राड जिल्लामा एक जना महिलाको ज्यान गएको क्षेत्रीय गभर्नर ओलेक्सान्डर गान्जाले शुक्रबार टेलिग्राम माफएत पुष्टि गर्नु भएको छ । 

रूसले सन् २०२२ देखि युक्रेनलाई ड्रोन तथा मिसाइलले प्रहार गर्दै देशको दक्षिण र पूर्वका भागहरू कब्जा गरी रहेको छ ।

यसैगरी उत्तरपूर्वी युक्रेनको कोनोटोप सहरमा भएको रूसी आक्रमणमा तीन जना बालबालिका घाइते भएको सहरका मेयर आर्टेम सेमेनिखिनले टेलिग्राम मार्फत बताए ।

रूसको रक्षा मन्त्रालयले शुक्रबार विभिन्न क्षेत्रमा १२३ वटा युक्रेनी ड्रोनहरू रोकी  नष्ट गरेको बताएको छ  भने युक्रेनको वायुसेनाले रातारात १९८ रूसी ड्रोन खसालेको बताएको छ । रासस

प्रकाशित मिति : २२ जेष्ठ २०८३, शुक्रबार  १ : १८ बजे

बालबालिका, गर्भवती र सुत्केरी महिलालाई इनर्जी ड्रिङ्क्स सेवन नगर्न मन्त्रालयको आग्रह

काठमाडौँ– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण

कोप–३१ का लागि नेपालको पोजिसन पेपर तयार : मन्त्री चौधरी

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्र संघीय

‘बुबाले कहिल्यै निर्मातासँग काम मागिदिनुभएन’, नातावादको बहसमा साराले खोलिन् मन

काठमाडौं– बलिउडमा स्टारका सन्तान हुनु अवसरको ढोका खोल्ने सजिलो माध्यम

‘गौैँथली’ लाई ‘वेस्ट फरेन सिनेमा’ को अवार्ड

काठमाडौँ–  ‘वल्र्ड फिल्म फेस्टिभल इन क्यान्स’ मा नेपाली कथानक चलचित्र

निर्वाचनपछि इरानमा आक्रमणको तयारी गर्दै अमेरिका, सतर्क रहन खाडी मुलुकलाई चेतावनी

काठमाडौँ- अमेरिकाले खाडी क्षेत्रका मुलुकहरूलाई आफ्नो मध्यावधि निर्वाचनपछि इरानविरुद्ध तीव्र सैन्य