युक्रेनमा रूसी आक्रमण तीन जनाको मृत्यु « Khabarhub

युक्रेनमा रूसी आक्रमण तीन जनाको मृत्यु


२२ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

किएभ– युक्रेनका विभिन्न क्षेत्रमा  भएको रूसी आक्रमणमा तीन जनाको मृत्यु भएको क्षेत्रीय अधिकारीहरूले शुक्रबार बताएका छन् ।

युद्ध अन्त्य गर्ने कूटनीतिक प्रयासहरू कम भएकाले पछिल्लो समयमा मस्को र किएभले एक–अर्कालाई लक्षित गर्दै हवाई तथा ड्रोन आक्रमणहरू तीव्र पार्दै आएको जनाइएको छ ।  

युक्रेनको दक्षिणी सहर खेरसनमा भएको रूसी ड्रोन आक्रमणमा एक जना ७५ वर्षीय वृद्धको मृत्यु भएको सहरको सैन्य प्रशासनका प्रमुख यारोस्लाव सान्कोले बताएका छन् ।

जापोरिझियामा भएको अर्को ड्रोन आक्रमणमा एक जना महिलाको मृत्यु हुनुका साथै अन्य १६ जना घाइते भएको आपतकालीन सेवाले जनाएको छ ।

 रूसी ड्रोन आक्रमण तथा गोलाबारीले निप्रोपेट्रोभस्कको पाभ्लोग्राड जिल्लामा एक जना महिलाको ज्यान गएको क्षेत्रीय गभर्नर ओलेक्सान्डर गान्जाले शुक्रबार टेलिग्राम माफएत पुष्टि गर्नु भएको छ । 

रूसले सन् २०२२ देखि युक्रेनलाई ड्रोन तथा मिसाइलले प्रहार गर्दै देशको दक्षिण र पूर्वका भागहरू कब्जा गरी रहेको छ ।

यसैगरी उत्तरपूर्वी युक्रेनको कोनोटोप सहरमा भएको रूसी आक्रमणमा तीन जना बालबालिका घाइते भएको सहरका मेयर आर्टेम सेमेनिखिनले टेलिग्राम मार्फत बताए ।

रूसको रक्षा मन्त्रालयले शुक्रबार विभिन्न क्षेत्रमा १२३ वटा युक्रेनी ड्रोनहरू रोकी  नष्ट गरेको बताएको छ  भने युक्रेनको वायुसेनाले रातारात १९८ रूसी ड्रोन खसालेको बताएको छ । रासस

प्रकाशित मिति : २२ जेठ २०८३, शुक्रबार  १ : १८ बजे

भोटेकोशी बाढी : रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

काठमाडौं – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत्

भोटेकोशी हिमबाढी : १५५ नेपाली स्वदेश फर्किए, ५ हजार अझै बेपत्ता

काठमाडाैं – भदौ १० गते नेपाल–चीन सीमावर्ती क्षेत्रमा आएको भोटेकोशी

युक्रेनविरूद्धको आक्रमण तीन दिनसम्म रोक्न राष्ट्रपति पुटिनको निर्देशन

किएभ – रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी तीन दिनसम्म किएभमाथि

टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो

काठमाडौं – रसुवाको टिमुरेस्थित नेपाल–चीन सीमा नाकामा नेपालको राष्ट्रिय झण्डा

बाढी प्रभावित ज्येष्ठ नागरिकलाई प्रधानमन्त्रीको आश्वासन : ‘हजुरहरू एक्लो हुनुहुन्न, सरकार तपाईंको साथमा छ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित ज्येष्ठ नागरिकलाई आफूहरू