रमा हत्या प्रकरण : पैसाको विवाद बढ्दै जाँदा जघन्य अपराध, एकजना भारतीय नागरिक पक्राउ « Khabarhub

रमा हत्या प्रकरण : पैसाको विवाद बढ्दै जाँदा जघन्य अपराध, एकजना भारतीय नागरिक पक्राउ


२२ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


960
Shares
  • change font
  • change font
  • change font

दमक (झापा)– गत जेठ १६ गते बिहान दमक नगरपालिका–१० स्थित रतुवा खोलाको पुलमुनि बोरामा प्याक गरिएको अवस्थामा मृत भेटिएकी एक युवतीबारे नयाँ तथ्य भेटिएको छ।

बोराभित्र भेटिएकी २१ वर्षीया रमा तिवारी हत्या प्रकरणबारे प्रहरीले धेरै मिहिनेत गरेर नयाँ तथ्य भेट्टाएको छ। घटनाको करिब १० दिनपछि प्रहरीले हत्या प्रकरणको गाँठो फुकाएको जनाएको छ।

प्रहरीका अनुसार रतुवा खोलामा मृत भेटिएकी दमक नगरपालिका–८ की २१ वर्षीया रमा तिवारीको हत्यामा संलग्न रहेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन्।

पक्राउ परेका व्यक्ति करिब ३० वर्षका ‘पण्डित’ थरका भारतीय नागरिक रहेको खुलेको छ। उनले दमक नगर र आसपासका क्षेत्रमा टायल्स तथा मार्बल जडानसम्बन्धी ठेक्कापट्टाको काम गर्दै आएका थिए।

अनुसन्धानबाट खुलेअनुसार तिवारी र आरोपितबीच घटनाअघि नै चिनजान थियो। त्यही चिनजानका आधारमा दुवैको भेटघाट हुने गरेको प्रहरीले जनाएको छ।

घटनाको दिन उनीहरू दमकस्थित सगरमाथा पेट्रोल पम्प नजिकको झाडी क्षेत्रमा पुगेका थिए। त्यहाँ दुई पटकसम्म शारीरिक सम्पर्क भएको खुलेको छ । त्यसबापत आरोपितले प्रत्येक पटक एक हजार रुपैयाँ दिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

तर घटनाको मोड हत्यासम्म त्यहीँबाट बदलियो। रकमको विषयलाई लिएर दुवैबीच विवाद सुरु भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ।

सामान्य भनाभनबाट सुरू भएको विवाद विस्तारै उग्र बन्दै गएको र अन्ततः त्यसले हत्या जस्तो जघन्य अपराधमा परिणत भएको अनुसन्धान अधिकारीहरू बताउँछन्।

प्रहरीका अनुसार विवाद चर्किएपछि आरोपितले रमाको घाँटी थिचेर हत्या गरेका थिए। हत्यापछि घटनालाई लुकाउने प्रयासस्वरूप शवलाई मोटरसाइकलमा राखेर केही दूरीसम्म लगेका थिए।

त्यसपछि दमक–१० को सेतुमारी क्षेत्रस्थित रतुवा खोलाको पुलमुनि शव फालिएको खुलेको छ। शव पहिचान गर्न कठिन होस् भन्ने उद्देश्यले बोराभित्र राखेर खोलामा फालिएको अनुसन्धानबाट देखिएको छ।

घटनास्थल निरीक्षण, प्राविधिक विश्लेषण, मोबाइल फोनको कल डिटेल, लोकेशन ट्र्याकिङ, स्थानीय सूचनादाता तथा प्रत्यक्ष–अप्रत्यक्ष प्रमाणका आधारमा अनुसन्धान अघि बढाइएको थियो। तर सुरुआती चरणमा हत्या किन भयो भन्ने स्पष्ट आधार भेटिएको थिएन।

रमाको शव पहिचानपछि अनुसन्धानको दायरा थप साँघुरिँदै गएको थियो। उनको अन्तिम समयको गतिविधि, सम्पर्कमा रहेका व्यक्तिहरू र मोबाइल प्रयोगको विवरण केलाउने क्रममा प्रहरी सम्भावित आरोपितसम्म पुग्न सफल भएको छ । त्यसपछि निगरानी बढाउँदै प्रहरीले भारतीय नागरिकलाई नियन्त्रणमा लिइएको हो।

अनुसन्धानका क्रममा घटनामा प्रयोग गरिएको मोटरसाइकल समेत बरामद गरिएको प्रहरीले जनाएको छ। मोटरसाइकलको प्रयोग शव ओसारपसारमा भएको निष्कर्ष प्रहरीको छ। घटनासँग सम्बन्धित अन्य भौतिक तथा प्राविधिक प्रमाणहरू पनि सङ्कलन गरिएको बताइएको छ।

अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार घटनाको मुख्य कारण आर्थिक विवाद देखिए पनि त्यससँग जोडिएका अन्य पक्षबारे अध्ययन भइरहेको छ।

घटनापछि केही दिनसम्म सामाजिक सञ्जालदेखि स्थानीय तहसम्म विभिन्न अड्कलबाजी भइरहेका थिए। कतिपयले संगठित अपराधसँग जोडेर हेरे भने कतिपयले व्यक्तिगत सम्बन्धको पाटोलाई कारण मानेका थिए।

तर प्रहरी अनुसन्धानले हालसम्मको अवस्थामा हत्या व्यक्तिगत भेटघाटपछि उत्पन्न विवादसँग सम्बन्धित रहेको देखाएको छ। जिल्ला प्रहरी कार्यालय झापाले घटनाबारे विस्तृत जानकारी दिन पत्रकार सम्मेलनतयारी गरेको छ।

पत्रकार सम्मेलनमार्फत् पक्राउ परेका व्यक्तिको पूर्ण परिचय, घटनाको क्रम, सङ्कलित प्रमाण तथा अनुसन्धानबाट खुलेका थप तथ्य सार्वजनिक गरिने जनाइएको छ।

रतुवा खोलामा भेटिएको शवबाट सुरू भएको यो अनुसन्धानले अन्ततः एक युवतीको हत्याको कारणसम्म प्रहरीलाई पुर्‍याएको छ। तर २१ वर्षको उमेरमै ज्यान गुमाएकी रमाका परिवारका लागि अनुसन्धानको निष्कर्षभन्दा ठूलो पीडा छोरीको असामयिक मृत्यु बनेको छ।

प्रकाशित मिति : २२ जेठ २०८३, शुक्रबार  ४ : ०० बजे

विपन्न परिवारलाई नयाँ घर

भोजपुर– हतुवागढी गाउँपालिका–२ लुङ्गिनमा आर्थिक रुपमा विपन्न दलित समुदायका आठ

मगर खाम भाषामा पठनपाठन सुरु गर्दै रघुगङ्गा

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकामा मगर खाम भाषामा पठनपाठन सुरु भएको

मेसिनको शहर : कवितादेखी किम्फसम्म

युरेसिया कल्चरल फोरम दक्षिण कोरियाले सन् २०१७ जुलाई १५ बाट

इन्डोनेसियामा ज्वालामुखी विस्फोट

जकार्ता- पूर्वी इन्डोनेसियाको सक्रिय ज्वालामुखी माउन्ट लेवोटोबी लाकी–लाकी शुक्रबार पटक–पटक

कुलमान भन्छन्- रास्वपाको निलो क्रान्ति धेरै टिक्दैन, अब हामी हरित क्रान्ति गर्छौँ

काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले वर्तमान सरकारले जनताको