इन्डोनेसियामा ज्वालामुखी विस्फोट « Khabarhub

इन्डोनेसियामा ज्वालामुखी विस्फोट


२२ जेष्ठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

जकार्ता- पूर्वी इन्डोनेसियाको सक्रिय ज्वालामुखी माउन्ट लेवोटोबी लाकी–लाकी शुक्रबार पटक–पटक विस्फोट हुँदा त्यस क्षेत्रको आकाशमा बाक्लो खरानी उडेकाले स्थानीय एयर पोर्टहरु बन्द गर्न बाध्य तुल्यायाएको अधिकारीहरूले बताएका छन् ।

फ्लोरेस टापुमा अवस्थित उक्त ज्वालामुखी शुक्रबार बिहान ११ः१५ बजे विस्पोट भएर २।५ किलोमिटर वरपरको क्षेत्रको हावामा धुँवा तथा खरानी फैलिएको राष्ट्रिय ज्वालामुखी विभागले विज्ञप्ति जारी गर्दै उल्लेख गरेको छ । लेवोटोबी लाकी–लाकी ज्वालामुखी इन्डोनेसियाको दोस्रो उच्च सतर्क स्तरको ज्वालामुखि अन्तर्गत पर्दछ भने यसको क्रेटर वरिपरि पाँच किलोमिटर बहिष्करण क्षेत्र कायम गरिएको छ ।

यदी समयमा भारी वर्षा भएमा ज्वालामुखी विस्पोटबाट निस्केका सामग्रीको मिश्रण सहितको खतरनाक बाढी आउन सक्ने जनाउदै ज्वालामुखी विभागले नदी नजिकका बासिन्दाहरूलाई पनि सतर्क रहन सुझाव दिएको छ । अधिकारीहरूले लेवोटोबी लाकी–लाकीबाट करिब ६० किलोमिटर पश्चिममा रहेको मौमेरे सहरको स्थानीय विमानस्थलमा सञ्चालन स्थगित गरेका छन्, जसका कारण पाँच वटा आन्तरिक उडानहरूलाई प्रभावित भएको विमानस्थल प्रमुख पार्थाहियान पञ्जाइतनलाई उदृत गर्दै एएफपीले बताएको छ ।

यस अघि गत जुलाईमा, लेवोटोबी लाकी–लाकी १८ किलोमिटर वरपरको क्षेत्रमा खरानी तथा धुवाँ फैलिने गरी विस्पोट हुँदा बालीको रिसोर्ट टापुको अन्तर्राष्ट्रिय विमानस्थलमा २४ वटा उडानहरू रद्द गर्न बाध्य तुल्याएको जनाइएको छ । इन्डोनेसिया प्रशान्त “रिंग अफ फायर“ मा यसको स्थितिको कारण बारम्बार भूकम्पीय तथा ज्वालामुखी जन्य प्रकोपको सामना गरी रहनु पर्ने बाध्यता रहेको जनाइएको छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०८३, शुक्रबार  ४ : ३८ बजे

चिनियाँ अन्तरिक्ष स्टेसन पुग्ने पहिलो विदेशी नागरिक बन्दै पाकिस्तानी अन्तरिक्ष यात्री

इस्लामावाद- एक पाकिस्तानी अन्तरिक्ष यात्री चीनको ‘शेन्झोउ–२४’ अन्तरिक्ष यानको चालक

देउवा पक्षको काठमाडौँ जिल्ला अधिवेशन : बाजागाजा र र्‍यालीसहित नेता–कार्यकर्ता सहभागी

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले आयोजना गरेको काठमाडौँ

राष्ट्रिय जुनियर टेनिसमा शाश्वत, आर्यश, निधय र स्वरालाई उपाधि

कास्की– पोखरामा आज सम्पन्न राष्ट्रिय जुनियर टेनिस प्रतियोगितामा शाश्वत बज्राचार्य,

न्यायालयमा भ्रष्टाचार र बिचौलियाको प्रभाव चिन्ताजनक : प्रस्तावित न्यायाधीश डाँगी

काठमाडौँ- सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश गोकर्ण डाँगीले न्यायालयमा भ्रष्टाचार

सर्वोच्चका चार प्रस्तावित न्यायाधीशको सुनुवाइ सकियो 

काठमाडौँ – सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका चार