पाकिस्तानका सरकारी अस्पतालमा निःशुल्क औषधि अभाव « Khabarhub

पाकिस्तानका सरकारी अस्पतालमा निःशुल्क औषधि अभाव


२२ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानको रावलपिन्डीस्थित तीनवटा ठूला सरकारी अस्पतालहरूमा आगामी महिनादेखि बिरामीहरूले निःशुल्क औषधिको अभाव बढेको छ । स्वास्थ्य विभागले आवश्यक बजेट फुकुवा नगरेका कारण अस्पतालहरूमा औषधिको चरम अभाव हुन लागेको हो ।

होली फेमिली अस्पताल, बेनजिर भुट्टो अस्पताल र रावलपिन्डी टिचिङ अस्पतालले आर्थिक वर्ष २०२५–२६ का लागि साढे चार अर्ब रुपैयाँ बजेट माग गरेका थिए । तर पन्जाब सरकारले अहिलेसम्म साढे दुई अर्ब रुपैयाँ मात्र उपलब्ध गराएको छ ।

सरकारले बाँकी दुई अर्ब रुपैयाँ सन् २०२६ को मे महिनाभित्रै दिने आश्वासन दिए पनि अहिलेसम्म उक्त रकम निकासा गरेको छैन। बक्यौता रकम नपाएपछि औषधि आपूर्ति गर्ने विक्रेताहरूले थप औषधि दिन अस्वीकार गरेका छन्। तीनैवटा अस्पतालले जुन ३० सम्मका लागि मात्र औषधि खरिद गरेका थिए।

त्यसपछिका लागि औषधि खरिद गर्न र वितरकहरूलाई भुक्तानी गर्न अस्पतालहरूसँग बजेट छैन। बजेट नआएमा आगामी महिनादेखि आपूर्ति ठप्प हुने अस्पतालका अधिकारीहरूले बताएका छन् । यसअघि होली फेमिली अस्पताल र बेनजिर भुट्टो अस्पतालले डेढ–डेढ अर्ब रुपैयाँ माग गरेकामा क्रमशः ४० करोड र ३८ करोड रुपैयाँ मात्र पाएका थिए । त्यस्तै, एक अर्ब रुपैयाँ माग गरेको रावलपिन्डी टिचिङ अस्पतालले जम्मा २५ करोड रुपैयाँ मात्र प्राप्त गरेको थियो ।

पन्जाब सरकारले अस्पताल आउने सबै प्रकारका बिरामीलाई निःशुल्क औषधि वितरण गर्न निर्देशन त दिएको छ, तर पर्याप्त बजेट नदिँदा यो कार्यक्रम नै संकटमा परेको छ । औषधि अभावका कारण आगामी दिनमा अवस्था अझै बिग्रने देखिन्छ ।

रावलपिन्डी मेडिकल युनिभर्सिटी सिन्डिकेटले पनि यस विषयमा चिन्ता व्यक्त गर्दै तत्काल बजेट निकासा गर्न माग गरेको छ। यो गम्भीर समस्याबारे पन्जाबका स्वास्थ्य मन्त्री ख्वाजा सलमान रफिकलाई समेत जानकारी गराइसकिएको छ।

प्रकाशित मिति : २२ जेठ २०८३, शुक्रबार  ४ : ४६ बजे

देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाहाखाले हाल

विश्वकप लिग-२ : जित्नै पर्ने दबाबमा रहेको नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलामा

अमेरिका-साउदीले गरे आणविक सम्झौता: ऊर्जा सहकार्य कि नयाँ सुरक्षा जोखिम ?

काठमाडौँ – अमेरिका र साउदी अरेबियाबीच एक महत्त्वपूर्ण परमाणु सम्झौतामा

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल साउन ७ गते बिहीबार सन् २०२६