अलपत्र सडक निर्माणका लागि पूर्वाधार विकासमन्त्रीको ध्यानाकर्षण « Khabarhub

अलपत्र सडक निर्माणका लागि पूर्वाधार विकासमन्त्रीको ध्यानाकर्षण


२१ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

दमौली– तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित दुई रणनीतिक सडक निर्माणमा भइरहेको ढिलासुस्तीबारे पूर्वाधार विकासमन्त्री सुनील लम्साललाई ध्यानाकर्षण गराइएको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) शुक्लागण्डकी नगर समितिले आज दुलेगौडामा मन्त्री लम्साललाई भेट गरी विगत केही वर्षदेखि अलपत्र रहेको दुई सडक निर्माणमा ध्यानाकर्षण गराएको हो । 

विगत केही वर्षदेखि अलपत्र रहेका दुई सडकका सन्दर्भमा स्थानीय, प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रश्न उठ्दै आइरहेकाले तत्काल सडक निर्माण हुने वातावरण सिर्जना गरिदिन लम्सालको ध्यानाकर्षण गराइएको रास्वपा शुक्लागण्डकी नगर सभापति हरिबहादुर खड्काले बताए । 

गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक’ कार्यक्रमअन्तर्गत निर्माणाधीन दुलेगौडा–हर्कपुर मोटरमार्ग विसं २०७६ कात्तिक ४ गते ठेक्का सम्झौता भई विसं २०७८ माघ १६ गतेभित्र सम्पन्न गर्ने लक्ष्य रहे पनि पटकपटक म्याद थप्दा पनि उल्लेखनीय प्रगति नभएको उल्लेख गरिएको छ ।

वर्षायाममा हिलो र हिउँदमा अत्यधिक धुलोका कारण स्थानीयवासी, विद्यार्थी, ज्येष्ठ नागरिक, बिरामी तथा यात्रुले दैनिक सास्ती खेप्नुपरेको भन्दै रास्वपाले हालको ठेक्का सम्झौता रद्द गरी ठेकेदारमाथि कानुनी कारबाही तथा जरिवाना गरी नयाँ ठेक्का प्रक्रिया अघि बढाएर सडक निर्माण शीघ्र सम्पन्न गर्न माग गरेको छ ।

त्यसैगरी विश्व बैंकको सहयोगमा सञ्चालित दुलेगौडा–लामागाउँ सडक स्तरोन्नति आयोजना २७ करोड ३४ लाख ७९ हजार आठ सय ३४ रुपैयाँ लागतमा निर्माण भइरहेको उल्लेख गर्दै विसं २०८२ असार २३ गते सम्पन्न हुनुपर्ने आयोजना ठेकेदारको लापरबाहीका कारण अझै अलपत्र रहेको जनाएको छ ।

रास्वपाले उक्त आयोजनाको निर्माण तत्काल सुरु गराई निर्धारित समयमै सम्पन्न हुने वातावरण बनाउन सम्बन्धित निकायलाई निर्देशन दिन मन्त्रीसमक्ष आग्रह गरेको छ । रासस
 

प्रकाशित मिति : २१ असार २०८३, आइतबार  ६ : २९ बजे

केरुङ बाढीबाट चीनतर्फ पनि मृतकको संख्या बढ्दै, ५५४ जना बेपत्ता

ल्हासा– बुधबार चीनको सिचाङ स्वायत्त क्षेत्रस्थित केरुङ बन्दरगाहमा आएको पहिरो

बाढीपहिरोका कारण देशका विभिन्न सडक र राजमार्ग अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न सडक तथा राजमार्ग अवरुद्ध भएका

टप एण्ड टी–२० : आज नेपाल ‘ए’ले भिक्टोरिया सिए–११ विरुद्ध खेल्ने

काठमाडौँ– अष्ट्रेलियामा जारी तेस्रो संस्करणको टप एण्ड टी–२० सिरिजमा आज

रसुवा बाढीपछि कहाँबाट कति सहयोग प्राप्त भयो ?

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा गत बुधबार आएको बाढीका कारण रसुवा,

मिथिलाको सांस्कृतिक पर्व झुलनोत्सव सम्पन्न

महोत्तरी– मधेसको मिथिला क्षेत्रमा मनाइने सांस्कृतिक पर्व झुलनोत्सव सम्पन्न भएको