नागरिक लगानी कोषको कार्यकारी निर्देशकका लागि ५ जनाको नाम सर्टलिस्टमा « Khabarhub

नागरिक लगानी कोषको कार्यकारी निर्देशकका लागि ५ जनाको नाम सर्टलिस्टमा


२१ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नागरिक लगानी कोषको रिक्त रहेको कार्यकारी निर्देशक पदका लागि पाँच जना सर्टलिस्टमा परेका छन् ।

अर्थ मन्त्रालयको ‘कार्यकारी निर्देशक छनौट तथा सिफारिस समिति’ले खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्तिका लागि प्राप्त आवेदनहरूमध्येबाट पाँच जनालाई प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि छनौट गरेको हो । 

समितिको मिति बिहीबार बसेको बैठकको निर्णयअनुसार उम्मेदवारहरूको शैक्षिक योग्यता, कार्यअनुभव र व्यावसायिक तथा वित्तीय कार्ययोजनाको मूल्याङ्कनका आधारमा यो संक्षिप्त सूची तयार पारिएको सूचनामा उल्लेख छ ।

सर्टलिस्टमा छनौट भएका उम्मेदवारहरूको व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ता सिंहदरबारस्थित अर्थ मन्त्रालयमा फरक फरक समयमा हुनेगरी समितिले बोलाएको छ ।

सर्टलिस्टमा अर्जुनकुमार गौतम, गोपाल घिमिरे, पर्वत कुमार कार्की, यज्ञ प्रकाश न्यौपाने र समता पन्त भट्ट रहेका छन् ।

प्रकाशित मिति : २१ श्रावण २०८३, बिहीबार  ३ : ४५ बजे

क्यानडा पठाइदिने लोभ देखाएर ठगी, दुईजना समातिए

काठमाडौं– बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीका लागि

साउदी अरबको ताइफमा हुथीले हानेको ड्रोन लागेर एक जनाको मृत्यु, दुई घाइते

काठमाडौं– साउदी अरबको दक्षिणपश्चिमी क्षेत्र ताइफमा रोकिएको ड्रोन खस्दा त्यसको

‘देउवा दाइ र हामी गगन कांग्रेसमा जाँदैनौँ’

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा निकट दोस्रो तहका धेरै

हुथी आक्रमणपछि यमनमा एक लाख २५ हजारभन्दा बढी विस्थापित

एजेन्सी– इरानसमर्थित हुथी विद्रोहीको आक्रमण तीव्र भएपछि यमनमा एक लाख