देउवा साउन २६ गते हङकङबाट नेपाल फर्किने « Khabarhub

देउवा साउन २६ गते हङकङबाट नेपाल फर्किने


२१ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा यही साउन २६ गते स्वदेश फर्किने भएका छन्।

उनी साउन २६ गते राति पौने १० बजेको उडानर्माफत् काठमाडौं फर्किन लागेको नेता डा. प्रकाशशरण महतले बताएका छन्।

यसअघि उनले ५ साउनमा बीपी कोइरालालाई सम्झिँदै लोकतन्त्र, संविधान र राष्ट्रिय हितको रक्षाका लागि आफू स्वदेश फर्किन लागेको घोषणा गरेका थिए।

देउवाले लोकतन्त्र, राष्ट्रियता, समाजवाद र संविधानवादको पक्षमा दृढतापूर्वक उभिन सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, युवा पुस्ता र आमनेपाली जनतालाई आह्वान गर्दै आफू स्वदेश फर्कन लागेको घोषणा गरेका थिए ।

बिहीबार मात्रै सर्वोच्च अदालतले गगन थापालाई कांग्रेको सभापतिको मान्यता दिने निर्णयसम्बन्धी मुद्दा पुनरावलोकन गर्ने निर्णय गरिसकेको छ। कांग्रेसको इतर समूहले राष्ट्रिय भेलासमेत गर्न लागेको अवस्थामा देउवा फर्किने भएका हुन्।

पूर्वप्रधानमन्त्री देउवा ०८२ चैत ७ गते सिंगापुरमा उपचारपछि हङकङ प्रस्थान गरेका थिए । त्यसलगत्तै नेपाल आउने भने पनि वालेन्द्र शाह नेतृत्वको सरकारले भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणमा छानबिन अघि बढाएपछि उनी उतै रोकिएका थिए ।

यसअघि गत वैशाखमै वालेन्द्र नेतृत्वको सरकारले पूर्वप्रधानमन्त्री देउवा र पत्नी आरजुलाई पक्राउ गर्ने प्रयास गरेको थियो। तर सरकारको प्रयासमा सर्वोच्च अदालतको आदेशपछि धक्का लागेको थियो।

सरकारले जारी पक्राउ पुर्जीविरुद्ध दायर रिटमा न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासले रिट निवेदकले मागे अनुसार अन्तरिम आदेश जारी गरेको थियो । सरकारले देउवालाई समात्न इन्टरपोलको सहयोग मागे पनि रेड नोटिस जारी हुन सकेको थिएन।

त्यससँगै हाल हङकङमा रहेका देउवा दम्पतीलाई पक्राउ गर्ने बाटो बन्द भएको थियो। देउवा दम्पतीलाई पक्राउ गर्न इन्टरपोलले दुई पटक अस्वीकार गरिसकेको छ। तर सरकारले देउवा यदि नेपाल फर्किएमा तत्कालै पक्राउको नीति लिएको छ।

गत फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनको पूर्वसन्ध्यामा सिंगापुरतिर हिँडेका उनी नियमित स्वास्थ्य परीक्षण तथा उपचार सम्पन्न गरेपछि हङकङ गएका थिए ।

त्यसयता उनी पत्नी डा. आरजु देउवासहित हङकङमा थिए । आरजु भने फर्किने नफर्किनेबारे केही खुलाइएको छैन। देउवा ०८२ फागुन १३ गते उपचारका लागि नेपालबाट सिंगापुर गएका थिए ।

प्रकाशित मिति : २१ श्रावण २०८३, बिहीबार  ४ : ०२ बजे

न्युजिल्यान्डलाई नेपाल ‘ए’ले दियो २१२ रनको लक्ष्य

काठमाडौँ – अष्ट्रेलियामा जारी शृङ्खलाको अन्तिम एकदिवसीय खेलमा नेपाल ‘ए’

एसिसी प्रिमियर कप : साउदीले नेपाललाई दियो १९१ रनको चुनौती

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप अन्तर्गत आइतबार

वैकल्पिक मार्गबाट काठमाडौँ आइपुग्यो ५८ हजारभन्दा बढी ग्यास सिलिन्डर

काठमाडौँ – पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा सडक भासिएपछि नेपाल आयल

युट्युब हेरेर ड्रागन फ्रुट खेती: घरबाटै बिक्री, प्रतिकिलो ४ सयसम्म आम्दानी

कपिलवस्तु – सामाजिक सञ्जालमा कृषि प्रविधिसम्बन्धी सामग्री हेरेर सिकेको ज्ञानलाई

गोरखाको नाम्रुङ खोलामा बाढी: दुई घर र फलामे पुल बगायो

काठमाडाैँ – उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ स्थित नाम्रुङ खोलामा आएको